कोरिया लैजान्छु भन्दै नेपालमा बसेर ठग्ने कोरियन नागरिक पक्राउ


 



दक्षिण कोरिया लैजान्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक कोरियन नागरिक पक्राउ परेका छन् ।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ७३ वर्षीय कोरियन नागरिक राई सि जङलाई पक्राउ गरेको हो ।

 




ब्यूरोका अनुसार जङले चाबहिलस्थित ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भन्दै ठगी गरेका थिए । पैसा तिरेर पनि जङले कोरिया नपुर्‍याएपछि पीडितले उनिविरुद्ध ब्यूरोमा उजुरी गरेका थिए ।

 

जङमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।



सम्बन्धित
Loading...