पल शाहको खातामा रहेको २० लाख रोक्का राख्न सरकारी वकिलको माग




अभिनेता पल शाहको दुई वटा बैंक खातामा रहेको रकम रोक्का गर्न जिल्ला सरकारी वकिलको कार्यालय, नवलपुर पूर्वले अदालतसमक्ष माग गरेको छ ।

जिल्ला अदालत, नवलपुर पूर्वमा बिहीबार दर्ता गरिएको मुद्दाको अभियोग पत्रमा पीडितलाई क्षतिपूर्ति दिलाउने प्रयोजनका लागि शाहको बैंकमा भएको रकम कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरिदिन माग गरिएको छ ।

 




जिल्ला प्रहरी कार्यालय, नवलपुर पूर्वले माग गरेको शाहको बैंक खाता विवरण अनुसार शाहको ग्लोबल आईएमई बैंकमा १६ लाख १० हजार २९१ रुपैयाँ र एनएमबी बैंकको खातामा ४ लाख २५ हजार रुपैयाँ छ ।

 

‘उक्त रकम मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को नियम (११) (५) बमोजिम कोही कसैले निकाल्न नपाउने गरी रोक्का राख्नका लागि सम्बन्धित बैंकमा आदेश गरी पाउन अनुरोध छ’ अभियोग पत्रमा भनिएको छ ।

 

पल विरुद्ध १२ देखि १४ बर्ष कैद र ४ लाख क्षतिपूति मागदावी सहित नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता

 

शाहबाट अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिमको रकम सोही ऐनको दफा ४१ (५) अनुसार पीडित राहत कोषमा जम्मा गरी पाउने व्यवस्था गर्न पनि भनिएको छ ।

 

शाहले विवाह गर्ने प्रलोभनमा २०७७ चैत ७ र ८ गते नाबालिकामाथि जबरजस्ती करणी गरेको निष्कर्षसहित सरकारी वकिलले बिहीबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

 

हेर्नुस् अभियोग पत्रको अंशः

 

 

यस्ता छन् सरकारी वकिलले शाहविरुद्ध जुटाएका प्रमाण

 

https://www.youtube.com/watch?v=s93Z9BTA38Q

 

https://www.youtube.com/watch?v=oxWOBEYDoXo&t=199s



सम्बन्धित
Loading...