एनआरएनएमा एकै पटक तीन अध्यक्ष !

लन्डन । चार वर्ष अगाडि जम्बो जेट चलाउन भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा दुई अध्यक्ष (पाइलट) हुदाँ सबैलाई अचम्मै लागेको थियो । एउटा पाइलट हुन्छ, अर्को को–पाइलट भन्ने मात्र धेरैलाई थाहा थियो । तै पनि केही समय दुई पाइलटले जेट चलाए । जेट बीच बाटोमै दुर्घटनामा प-यो, नेकपा नामको राजनीतिक दल (जम्बो जेट) टुक्रा–टुक्रा भयो, त्यसपछि नेताहरु आ–आफ्नो ट्याक्टर लिएर हिडे । यतिबेला ऋषि कट्टेलको नाममा रहेको नेकपा खेलौना जम्बो जेट अस्तित्वमा छ । जनताका नाममा भद्दा मजाक ! सुन्दै लाजमर्दो ।
यही मजाक ८२ देशमा छरिएर रहेका नेपालीहरुमा गरिँदैछ । एनआरएनए हाँक्नलाई दुई होइन, तीनवटा अध्यक्ष (पाइटल) ६ महिने कार्यकाल विधान संशोधन गरेर बनाइदैछ । यो अर्को भद्दा मजाक हो । ५ महिनामा के गर्न सकिन्छ ? भन्ने प्रश्नको जवाफ पनि उनीहरुसँग हुनुपर्छ ।
१८ महिनाको लागि
हुन् त (एनआरएनए) को जिम्मेवारी सानो तिनो छैन्, एउटा होइन, ८२ देश हाक्नु पर्छ, स्वदेशको भारी छदैछ । सामान्य अवस्था होइन्, मर्नभन्दा बहुलाउन निको भन्ने उखान जस्तै भएकाले यो भेडिगोठ मोडल ल्याएको होला भनेर चित्त बुझाउनुपर्ने हुन्छ ।
लुकाउने, छिपाउनुपर्ने कुनै कारण छैन् । कांग्रेस सरकारमा आएपछि एनआरएनएको नेतृत्वलाई प्रतिष्ठाको विषय बनाइयो । पार्टीको आधिकारिक उम्मेदवार घोषणा भयो । जति हिसाब गरे पनि निर्वाचनमा नजित्ने देखेपछि पूरै राज्य संयन्त्र परिचालन गरेर एनआरएनए संस्थालाई विभाजमै लगिएको घामझै छर्लङ छ ।
यो पनि सत्य हो, पार्टीगत एनआरएनए बन्ने खतरा बढेपछि संस्थापक अध्यक्ष उपेन्द्र महतो र जीवा लामिछानेको विषेश पहलमा संस्था विभाजनबाट रोकियो । अब, डा. बद्री केसी, कुल आचार्य र रविना थापाले संघको बाँकी १८ महिनाको कार्यकाल संयुक्त रुपमा चलाउने छन् ।
आचार्यले उम्मेदवारी नै दर्ता नगरी पावर, पैसा र पोलिटिक्स (थ्री पी) को प्रभावमा अध्यक्ष भएका हुन् । यो देखिएको सत्य हो– उनी टिके अध्यक्ष हुन्, उनले संस्थामा ल्याएका सबै बिके पदाधिकारहरु हुन् । उनीहरु कसैले पनि उम्मेदवारी समेत दर्ता गर्ने साहास गरेनन् । जो मोलतोल गरेर पदमा आएका हुन् । यो दशौं महाधिवेशनको तीतो यथार्थ हो ।
डा. केसी र थापाले बाध्यत्मक अवस्थामा अध्यक्षको पद लिएका हुन् । दुवै जना चुनाव लड्न चाहन्थे र एकजना अध्यक्ष भएको हेर्न चाहन्थे । थापा पहिलो महिला अध्यक्ष भएर संघभित्र इतिहास बनाउन चाहन्थिन् । बाँकी मुल्यांकन इतिहासले गर्ने नै छ ।
अब संस्थामा भावनात्मक एकता कायम भयो त ? भन्ने प्रश्न उठ्न सक्छ त्यो हेर्ने केही महिना कुर्नु पर्ला । अध्यक्षको रुपमा आउन लागेका आचार्यले विगतमा संस्थापन पक्षप्रति लगाएर संगीन आरोपलाई कसरी सार्वजनिक रुपमा स्वीकार गर्छन् हेर्न बाँकी छ ।
उनले उठाउँदै आएको विधि विधान र पद्धती आगामी दिनमा कसरी अघि बढ्ला त्यो हेरौंला । तर, विधि विधान र पद्धतीको नाममा विगत ८ महिनामा विदेशमा रहेका नेपालीलाई जुन रुपमा विभाजन गरियो त्यसका लागि माफ माग्न योग्य पात्रसमेत उनी होइनन । अक्षम्य गल्ती गर्नेले माफ माग्न पाइँदैन, सजाय भोग्नैपर्छ ।
सधै भाषणमा लाज छैन् , शरम लाग्दैन् भन्दै शव्द उच्चारण गर्ने आचार्यले साधारण सदस्यहरुसँग क्षमायाचना गरेर मात्र पुग्दैन । आगामी दिनमा सल्लाहकार, आइसीसी, कार्यदल लगायतको मनोनयनमा उनले देखाउने सन्तुलनका आधारमा उनको कार्य सन्तुलनको मुल्यांकन हुने छ । अन्यथा, उनीको ६ महिने कार्यकालमा एउटा महत्वपूर्ण काम हुने छ त्यो हो काठमाण्डौंस्थित सचिवालयमा पूर्वअध्यक्षहरुको लाइनमा फोटो टासिने छ ।
आगामी दिनमा नयाँ नेतृत्वसँग सहकार्य गर्दै अघि बढ्ने व्यक्तिगत रुपमा प्रतिवबद्धा व्यक्त गर्दछु । एउटा मिडियाकर्मीको हैसियतले पत्रकारिताका न्यूनतम धर्ममा रहेर गुण र दोषका आधारमा नेतृत्वलाई सही बाटो देखाउने काम गरिने छ । नयाँ कार्यसमितिको सफलताको लागि शुभकामना !