मलाई आफ्नै जीवनकालमा काठमाडौँबाट रेल चढेर रसुवा र दिल्ली पुग्न मन छ : केपी ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै जीवनकालमा सुरुङमार्ग हुँदै रेल चढेर उत्तर र दक्षिण पुग्ने रहर बाँकी रहेको बताएका छन्।काठमाडौँमा सोमबार भएको निर्यात् उद्योग व्यवसायी महासंघ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसो भनेका हुन्।



आफ्नै जीवनकालमा सुरुङमार्गबाट काठमाडौँबाट रेल चढेर रसुवा र दिल्ली जान मन लागेको उनले बताएका छन्।’हामी टनेल यात्रामा प्रवेश गरेका छौँ ।

डिकिङ वाटरका लागि मात्रै नभएर इरिग्रेसन, रोडलगायत क्षेत्रमा हामी टनेल युगमा प्रवेश गरिसकेका छौँ । अब हामी पहाड छेडेर पारिपट्टि बाटो निकाल्छौँ,’ उनले भने, ‘म केही दिनमा नुवाकोट जाँदै छु। टोखा-छहरे छेड्नै पाइएन। छेड्न पाएको भए म चार मिनेटमै नुवाकोट पुग्ने थिएँ। अहिले नुवाकोट पुग्न मैले अढाई घन्टा लगाउनुपर्छ।




टोखाबाट नुवाकोट चार मिनेटमा फुत्त पुगिन्थ्यो नि! तर, त्यो हुन सकेन। मलाई आफ्नै जीवनकालमा सुरुङमार्गबाट नुवाकोट, काठमाडौंबाट रेल चढेर रसुवा र दिल्ली जान मन छ।’अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनपछि आफ्नो पार्टी आउने र मुलुकका लागि राम्रो दिनको सुरुवात हुने दावी गरेका छन्।

संघीय संसदको निर्वाचनपछि भने आफ्नो पार्टी सरकारमा आउने भएकाले पूरै राम्रो दिन आउने जिकिर उनले गरे।ओलीले आफ्नो पार्टी निकट निर्यात व्यवसायीहरुलाई पनि निर्वाचन प्रचारका लागि समय निकाल्न आग्रह गरे।

ओलीले स्वदेशी बस्तुको उत्पादन गरी मुलुकमा निर्यात व्यापार बढाउन पनि व्यवसायीहरुलाई आग्रह गरे। उनले अनाआवश्यक क्षेत्रमा लगानी नगर्न र आफ्ना बस्तुहरुको बजारीकरणमा नेपालले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए। ओलीले मुलुक रेमिटयान्सले धानिएको उल्लेख गर्दै अब त्यसको भर पर्न नहुने पनि पटकपटक दोहोर्‍याएका छन्।



सम्बन्धित
Loading...