४८ वर्षीया महिला बलात्कृत


 



 

मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।

 




पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिक रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

 

बिकले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने मलेसिया प्रधानमन्त्रीको घोषणा

अब मलेसियामा न्यूनतम पारिश्रमिक १५ सय रिंगिट

 

 

मलेसियामा अब न्यूनतम पारिश्रमिक १५ सय रिंगेट हुने भएको छ ।   मलेसियाका प्रधानमन्त्रीले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गर्नुभएको छ ।

 

प्रधानमन्त्री ईस्माइल साव्री याकोवले आउँदो मे १ देखि न्यूनतम पारिश्रमिक मासिक १ हजार ५ सय रिंगिट बनाउने घोषणा गर्नुभएको हो । तर प्रधानमन्त्रीको यो घोषणालाई लिएर मलेसियाका कतिपय क्षेत्र भने असन्तुष्ट बनेका छन् ।

 

मलेसियाको औद्योगिक क्षेत्रले भने सरकारको विरुद्ध विरोध प्रदर्शन नै गरेको छ ।  बढाएको पारिश्रमिक लागू गर्दा कम्पनी घाटामा जाने र हुने खर्च व्यहोर्न नसक्ने औद्योगिक क्षेत्रको भनाइ छ ।

 

प्रधानमन्त्री साब्रीले भने सुरुमा ठूला कम्पनीहरू तथा सरकारी निकायसँग आबद्ध कम्पनीहरूमा न्यूनतम ज्याला वृद्धि लागू हुने बताउनुभएको छ ।

 

साना, थोरै श्रमिक काम गर्ने तथा न्यून आम्दानी भएका कम्पनीहरूमा भने मानव संसाधन मन्त्रीले अन्य मन्त्रीहरूसँग छलफल गरेर त्यस्ता कम्पनीहरूमा कहिलेदेखि न्यूनतम ज्याला वृद्धि लागु गर्ने भन्ने तय हुने बताइएको छ । मलेसियाले सन् २०२० को फेब्रुअरी १ देखि न्यूनतम ज्याला १ हजार २ सय लागु गरेको छ ।

 



सम्बन्धित
Loading...