कावासोती नगर प्रमुखमा बहालवाल सांसददेखि संविधान सभा सदस्यसम्मको चर्चा

रामकुमार श्रेष्ठ –
नवलपुर । यस अघिको स्थानीय तहको निर्वाचनमा ८ वटा वडा अध्यक्ष सहित नगर प्रमुख र उपप्रमुखमा जित हात पारेको नेकपा एमालेबाट नवलपुरको कावासोती नगरपालिकामा नगर प्रमुखमा आकांक्षीहरुको चर्चा शुरु भएको छ ।
त्यसो त एमालेले आकांक्षीहरुलाई सामाजिक सञ्जालमार्फत उमेदवार घोषणा नगर्न उर्दी नै जारी गरेपछि सामाजिक सञ्जालमा एमालेका आकांक्षीहरुले उमेदवारी घोषणा गरेका छैनन् ।
संविधान सभा सदस्य एवम पूर्व सांसद तथा नेकपा एमाले नवलपुरका पूर्व पश्चिम जीवन श्रेष्ठ, संविधान सभा सदस्य एवम् हालका गण्डकी प्रदेश सभा सदस्य एवम् नेकपा एमाले नवलुरका पूर्व अध्यक्ष रोशनबहादुर गाहासम्मको नाम अहिले कावासोतीको नगर प्रमुख पदमा एमालेबाट चर्चामा रहेका छन् । तथापि दुवै जनाले सार्वजनिक कार्यक्रममा यस विषयमा मुख खोलिसकेका छैनन् ।
जिल्ला अध्यक्षका आकांक्षी भए पनि उनलाई अध्यक्ष नबनाएका कारण असन्तुष्ट जनाउँदै सक्रिय रानजीतिबाट सन्यास लिएका घोषणा गरेको जीवन श्रेष्ठलाई एमालेले फकाउनकै लागि नगर प्रमुखमा उमेदवार बनाउने सक्ने चर्चा एमाले भित्र व्यापक छ ।
त्यसैगरी पदमा जिसी, विष्णु भुसाल, भोजराज दाहाल, कावासोतीमा नगरउपप्रमुख प्रेमशंकर मर्दनिया, रामकृष्ण ढुंगानाको नाममा पनि मेयर पदमा चर्चामा रहेका छन् ।
उपमेयरमा भने अहिले नेकपा एमालेबाट नाम खासै चर्चामा रहेका छैनन् । कावासोती नगर प्रमुख चन्द्रकुमारी पुनले भने नगरप्रमुख पुन दोहोरिने इच्छा देखाएका छैनन् ।
कावासोती नगरपालिकामा नेकपा एमालेले नगर प्रमुखमा जित हात पर्दा एमालेकी चन्द्रा पुनले १३ हजार ४१ मत प्राप्त गरेका थिए भने काँग्रेसका महेन्द्र पोख्रेलले १२ हजार ५ सय ९४, नेकपा माओवादी केन्द्रको डासीराम बस्यालले २ हजार ८३ मत प्राप्त गरेका थिए ।
१७ वटा वडा रहेको कावासोती नगरपालिकामा एमालेले ८ वटा वडा, काँग्रेसले ८ वटा वडा र माओवादी केन्द्रले १ वटा वडामा वडाध्यक्षमा जित हात पारेको थियो ।
अहिले काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, संघीय समाजवादी पार्टी र जनमोर्चा नेपाल मिलेर गठबन्धन गराएर निर्वाचनमा गएको खण्डमा नेकपा एमालेलाई कावासोती नगरप्रमुख र उपप्रमुखमा जित हात पार्न निक्कै कसरत गर्नु पर्ने देखिन्छ ।
कावासोतीमा अहिले २५ हजार ८ सय ८९ जना पुरुष, २९ हजार ४ सय ३९ जना महिला र २ जना तेस्रो लिङ्गी गरी ५५ हजार ३ सय ३० जना मतदाता रहेका छन् । यहाँ २१ वटा मतदान स्थल र ६४ वटा मतदान केन्द्र तय गरिएको छ ।
कावासोती नगरप्रमुखमा २०७४ को निर्वाचनमा प्राप्त मत परिणाम दलगत अनुसार

कावासोती नगर उप–प्रमुखमा २०७४ को निर्वाचनमा प्राप्त मत परिणाम दलगत अनुसार

२०७४ को स्थानीय तह निर्वाचनमा जित हात पारेका दल
नगरप्रमुख नेकपा एमाले
नगरउपप्रमुख नेकपा एमाले
कावासोती १ नेपाली काँग्रेस
कावासोती २ नेकपा एमाले
कावासोती ३ नेपाली काँग्रेस
कावासोती ४ नेकपा एमाले
कावासोती ५ नेकपा एमाले
कावासोती ६ नेपाली काँग्रेस
कावासोती ७ नेपाली काँग्रेस
कावासोती ८ नेपाली काँग्रेस
कावासोती ९ नेकपा एमाले
कावासोती १० नेकपा एमाले
कावासोती ११ नेपाली काँग्रेस
कावासोती १२ नेकपा एमाले
कावासोती १३ नेपाली काँग्रेस
कावासोती १४ नेपाली काँग्रेस
कावासोती १५ नेकपा एमाले
कावासोती १६ नेकपा माओवादी केन्द्र
कावासोती १७ नेकपा एमाले
सम्बन्धित समाचार
