जनताकाे सेवक भएर काम गर्ने शाहकाे रहर
कपिलवस्तु, 
स्थानीय तहकाे निर्वाचन नजिकिँदै गर्दा यतिबेला हरेक पार्टीले उमेदवारहरुकाे छनाैट गर्ने क्रम बढेकाे छ । उमेदवार बन्ने अकांक्षी धेरै रहे पनि क्षमतवान उमेदवार पहिचान गरि नाम सिफारिस गर्ने कार्य प्रत्येक दलले गर्ने गरेकाे छ ।
यस्तै समाजसेवी हकिकुल्ला शाहले जनप्रतिनिधि भएर जनताकाे सेवा गर्ने रहर गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४ निवासी शाहको नाम वडा अध्यक्ष पदका लागि सिफारिस भएको छ । नेकपा एमालेबाट उम्मेदवार बन्न उनी सहित चार जनाको नाम सिफारिस गरिएको छ ।
समाजसेवी शाहसँग करिब डेढ दशकदेखि विभिन्न संघ संस्थामा आबद्ध भइ कार्य गरेका अनुभव छ । सरल स्वभावका उनी सबैसँग मिलनसार शाहले युवाहरुको नेतृत्व गर्दै वडाको विकासको लागि आफूले इच्छा प्रकट गरेको बताउनुभयाे ।
विभिन्न सामाजिक काममा सक्रिय रहेका शाहको आकांक्षाले पार्टी भित्र पनि छलफलको विषय बनेको छ । शाहले टिकट पाए जित्न सक्ने धेरै आधारहरु रहेकाे स्थानीयहरुको भनाइ छ ।