यस्ता छन् नवलपुरमा एमालेका उमेदवार




नवलपुर । आज मनोनयनको अन्तिम दिन आइसक्दा नेकपा एमालेले नवलपुरमा मध्यविन्दु, बौदीकाली र हुप्सेकोट बाहेक अन्य पालिकामा औपचारिक रुपमा उमेदवार टुंग्याएको छैन ।

 

एमालेको प्रदेश कमिटिको वैठक अहिले पोखरामा चलिरहेको वैठक वैठकले नवलपुरका ६ वटा पालिकाका उमेदवारहरुको नाम टुंगाइसकेको भए पनि औचारिक निर्णय गरेको छैन ।




एमाले स्रोतका अनुसार वैठकमा देवचुली र बुलिङ्गटारको निर्णय सकेको छैन । गैडाकोट, कावासोती, विनयी त्रिवेणीको टुंगाईसकेको भए पनि औचापरिकता दिन बाँकी छ ।

एमालेले गैडाकोटबाट नगरप्रमुखमा छत्रराज पौडेललाई दोहोराउने तयारी गरेको छ । गैडाकोटमा नेकपा एमालेले उपप्रमुखमा भने राप्रपाका उमेदवारलाई समर्थन गर्ने भएका छन् ।

 

त्यसैगरी कावासोतीबाट नगरप्रमुखमा विष्णु भुसाल र फुल कुमारी महतोले उपप्रमुखमा उमेदवारी दिने जनाइएको छ ।

त्यसैगरी मध्यविन्दु नगरपालिकामा नगरप्रमुखमा भीमलाल अधिकारीले उमेदवारी दिने छ । देवचुलीमा अझै औपचारिक रुपमा टुंगिसकेको छैन ।

एमाले स्रोतका अनुसार पार्वता तिवारी वा हरि न्यौपाने मध्ये एक जनालाई नगरप्रमुख बनाउने वा हरि न्यौपानेलाई नगर प्रमुख र पार्वता तिवारीलाई उपप्रमुख बनाएर जाने भन्ने विषयमा छलफल चलिरहेको छ ।

 

विनयी त्रिवेणीको औपचारिक टुंगाई नसकेको भए पनि गाउँपालिका अध्यक्षमा घनश्याम गिरी र उपाध्यक्षमा भगवती परियारको नाममा सहमति जुटिसकेको छ ।

यता हुप्सेकोट गाउँपालिकामा भने नेकपा एमालेले मनोनयन दर्ता समेत गरिसकेको छन् । हुप्सेकोट गाउँपालिकाबाट एमालेबाट अध्यक्षमा चेतन राना र उपाध्यक्षमा मनि पाण्डे जमुनाले मनोनयन दर्ता गरिसकेका छन् ।

 

बुलिङ्गटार गाउँपालिकामा विद्रोही गिरी र दिपेन्द्र सुनारीको विषयमा छलफल चलिरहेको बताइएको छ । गिरीले उमेदवारी छोड्न नचाहे पछि सहमति जुट्न समस्या भएको हो ।

बौदीकालीमा भने एमालेले यस अघि नै उमेदवार टुंगाईसकेको छ । बौदीकालीमा एमालेले आज मनोनयन दर्ता गर्ने जनाएको छ ।

बौदीकालीमा एमालेले अध्यक्षमा प्रकाश ओझा र उपाध्यक्षमा डिलकुमारी सारुको नाम सर्वसम्मत तय गरेको हो ।



सम्बन्धित
Loading...