वडा अध्यक्षका उम्मेदवारको मृ`त्यु


 



दाङमा एमालेबाट वडा अध्यक्षमा चुनाब लडेका उम्मेदवारको मृ`त्यु  भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार रहेका लवरु चौधरीको गएराति मृ`त्यु भएको हो ।

 




५३ बर्षीय चौधरी मिर्गौला, कलेजोको समस्या रहेको बताएको छ । चुनाब प्रचारकै क्रममा  विरामी परेपछि उनलाई उपचारका लागि २ पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगिएको थियो ।

 

त्यहाँ पनि  उपचार हुन नसेकेपछि थप उपचारको लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको  थियो । जहाँ गएराति उनको मृ`त्यु भएको  एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए ।

 

उनले यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर काम गरेका थिए ।

 



सम्बन्धित
Loading...