कावासोती ६ को दलित महिला सदस्यमा सासु बुहारी उम्मेदवार




कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. ६ को महिला वडा सदस्यमा सासु बुहारी एउटै पदका लागि चुनावी मैदानमा उत्रिएका छन् ।

 

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कावासोती ६ को दलित महिला सदस्यमा सासु बुहारी दुई फरक फरक दलबाट चुनावी मैदानमा उत्रिएका हुन् ।

 




नेकपा एमालेबाट सविता सुनारले दलित महिला सदस्यमा उम्मेदवारी दिएकी छिन भने उनकै सासु हिमकला सुनारले नेपाली काँग्रेसबाट दलित महिला सदस्यमा उमेदवारी दिएका हुन् ।

 

एउटै घरबाट एउटै पदमा दुई फरकफरक पार्टीबाट चुनावी मैदानमा उत्रिएका कारण यो परिवारको चर्चा निक्कै हुने गरेको छ ।

 

 



सम्बन्धित
Loading...