महिला ह`त्या आरोपमा वडाध्यक्ष र वडाध्यक्ष उम्मेदवारसहित ३ जना पक्राउ
![]()
महिलालाई अ`पहरण गरी ह`त्या गरेको अ`भियोगमा पूर्वी रुकुममा जनप्रतिनिधिसहित तीन जना नेकपा माओवादी केन्द्रका कार्यकर्ता प`क्राउ परेका छन्।
रुकुम पूर्वमा महिलाको ह`त्या आ`रोपमा वडाध्यक्ष, वडाध्यक्षका उम्मेदवारसहित ३ जना प`क्राउ परेका छन् । पुथाउत्तरंगा गाउँपालिका–११, का वडाध्यक्ष जयकुमार बुढा, नेकपा माओवादी केन्द्रको तर्फका वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्का एक युवा अर्जुन बुढालाई प्र`हरीले प`क्राउ गरेको हो ।
३९ वर्षीया दुथी भनिने जुनमाया बुढाको ह`त्याको आरोपमा उनीहरूलाई प्र`हरीले नियन्त्रणमा लिएको हो ।
वैशाख २६ गते नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्र`हरीले जनाएको छ । मंगलबार रुकुमकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार पहाडीले जानकारी दिए । महिला ह`त्या आरोपमा किटानी जाहेरीपछि उनीहरूलाई प`क्राउ गरी अ`नुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक पहाडीले बताए ।
रोल्पाको थवाङ गाउँपालिका–१, घर भई माइतमै बस्दै आएकी दुथी १९ गते रातिदेखि हराएकी थिइन् । १९ गते राति हराएकी उनको श`व २६ गते बिहान साढे ९ बजेतिर स्थानीय जंगलमा भेटिएको थियो । महिलाको श`व भेटिएलगत्तै प्र`हरीले उनीहरूलाई प`क्राउ गरेको थियो ।
चुनाव प्रचार–प्रसारका क्रममा वडा नम्बर ११ को तल्लोसेरामा एमाले र माओवादी कार्यकर्ताबीच १९ गते राति झ`डप भएको थियो । झ`डपको केही समयपछि नै ती महिला बे`पत्ता भएको बताइएको छ । २० गते परिवारले प्र`हरीका बे`पत्ता भएको भन्दै खबर गरेका थिए । खोजतलासकै क्रममा २६ गते बिहान महिलाको श`व भेटिएको थियो ।
महिलाको हातखुट्टामा चोट देखिएको प्र`हरीले जनाएको छ । जिल्ला अस्पतालमा रहेका चिकित्सकले पोस्टमार्टम गर्न नमानेपछि श`व बुटवल पठाएर पोस्टमार्टम गरिएको थियो ।
बुधबार प्रमुख जिल्ला अधिकारी, जिल्ला प्र`हरी प्रमुखलगायतको टोली घ`टनास्थलतर्फ गएको छ । नेकपा एमालेले माओवादी कार्यकर्ताले महिलाको हत्या गरेको आ`रोप लगाएको छ । त्यस्तै माओवादीले भने झ`डपका क्रममा एमाले र कांग्रेस कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि कुटपिट गरी महिलालाई बे`पत्ता बनाएको आ`रोप लगाएको छ ।
माओवादीका कार्यकर्ताले ब`लात्कार गरेर महिलाको ह`त्या गरेको दावी गर्दै आएको छ । एकअर्कालाई आ`रोप लगाउँदै एमाले जिल्ला अध्यक्ष टोपबहादुर वली र माओवादी केन्द्रका जिल्ला इन्चार्ज तेजबहादुर वलीले विज्ञप्ति जारी गरेका छन् ।
हेर्नुहोस् नेकपा एमालेको प्रेस विज्ञप्ति

हेर्नुहोस् नेकपा माओवादी केन्द्रको प्रेस विज्ञप्ति
