वडाध्यक्षका उम्मेदवारको हृदयघातका कारण निधन

ललितपुर महानगरपालिका १४ का वडाध्यक्षका उम्मेदवारको निधन भएको छ।
निवर्तमान वडाध्यक्ष समेत रहेका रामबाबु महतको मंगलबार बिहान निधन भएको ललितपुर प्रहरीले जनाएको छ।
उनी यसअघि नेपाली कांग्रेसबाट ललितपुर १४ को अध्यक्षमा निर्वाचित भएका थिए।
तर यसपटक पार्टीले टिकट नदिएछि उनले स्वतन्त्र उम्मेदारी दिएका थिए। महतको चुनाव चिन्ह पुतली थियो। यो वडामा मतगणना हुँन बाँकी छ।