नवलपरासीको सरावल गाउँपालिकामा एमाले विजयी


 



नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सरावल गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिका अध्यक्षमा एमालेका सुखाडीप्रसाद चौधरी विजयी भएका हुन् ।

 




निकटतम् प्रतिद्वन्द्वीलाई दुई हजार ९७० मतको फराकिलो अन्तरले पछि पार्दै चौधरी निर्वाचित भए । गाउँपालिका अध्यक्षमा निर्वाचित चौधरीले सात हजार ५९ मत प्राप्त गरेको सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।

 

उनका अनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अनिलकुमार गौडले चार हजार ८९ मत ल्याएका छन् ।गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै बासमती हरिजन विजय भए ।

 

 विजयी हरिजनले पाँच हजार ७४३ मत ल्याएको छ भने उनकी निकटतम प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्षसमेत रहेकी नेपाली काँग्रेसका उत्तमा रायले पाँच हजार ३४९ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा हरिजनले रायलाई ३९४ मतले पछि पारेका हुन्।

 

यसअघि यस गाउँपालिकाको अध्यक्षमा तत्कालीन फोरम लोकतान्त्रिक (पछि काँग्रेसमा समाहित) र उपाध्यक्षमा काँग्रेसले जितेको थियो ।

 

सातवटा वडा रहेको गाउँपालिकामा दुईवटा वडामा एमाले, तीन वटामा कांग्रेस र एक–एक वडामा माओवादी केन्द्र र राप्रपाले जित हासिल गरेका छन् ।

 

 



सम्बन्धित
Loading...