नवलपरासीः बर्दघाटमा काँग्रेस माओवादी गठबन्धन विजयी




नवलपरासीः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा काँग्रेस माओवादी गठबन्धन विजयी भएको छ ।

 

बर्दघाट नगरपालिकामा काँग्रेस माओवादी गठबन्धनबाट नगर प्रमुख पदमा नेपाली काँग्रेसका शम्भुलाल श्रेष्ठले १८४८९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकतम् प्रतिद्वन्दी एमालेका धिरज शर्मा बस्यालले नगरप्रमुख पदमा १३३२७ मत प्राप्त गरे ।




शर्मा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुखमा निर्वाचित भएका थिए ।
त्यसैगरी नगरउपप्रमुखमा काँग्रेस माओवादी गठबन्धनबाट माओवादी केन्द्रका रुद्रप्रकाश उपाध्याय विजयी भएका छन् ।

 

नगर उपप्रमुखमा रुद्रप्रकाश उपाध्यक्षले १४५९५ मत प्राप्त गरी निर्वाचित भए । नगर उपप्रमुखमा नेकपा एमालेका तारा राना मगरले १३८१० मत प्राप्त गरे ।

 

नवलपरासीको प्रतापपुरको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

सुनवल नगरपालिकामा गठबन्धन पराजित गर्दै एमाले विजयी

सरावल गाउँपालिकामा एमाले विजयी



सम्बन्धित
Loading...