पहिलो नगरप्रमुख, अहिले उपप्रमुख




रामकुमार श्रेष्ठ ।

नवलपरासी । २०७४ को स्थानीय तह निर्वाचनमा पश्चिम नवलपरासीको बर्दघाट नगरप्रमुखमा पराजित भएका रुद्रप्रकाश उपाध्याय अहिले नगरउपप्रमुखमा निर्वाचित भएका छन् ।

 




अघिल्लो निर्वाचनमा उपाध्याय नेकपा माओवादी केन्द्रबाट बर्दघाट नगरपालिकाका नगरप्रमुखमा उम्मेदवार बनेको थिए । त्यति बेला उनले जम्मा १८५० मत प्राप्त गर्दै तेस्रो स्थानमा चित्त बुझाएका थिए ।

 

बर्दघाट नगर उपप्रमुखमा काँग्रेस माओवादी गठबन्धनबाट माओवादी केन्द्रका रुद्रप्रकाश उपाध्याय विजयी भएका हुन् ।

 

यस पटकको निर्वाचनको मत गणनामा शुरुवाती समयमा नेकपा एमालेका उम्मेदवार तारा राना मगर भन्दा पछि पछि रहेका रुद्रप्रकाश उपाध्याय पछिल्लो मत गणनामा क्रमश माथि उक्लदै अन्तिम मत परिणाम आउँदा विजयी भएका हुन् ।

 

नगर उपप्रमुखमा रुद्रप्रकाश उपाध्यक्षले १४५९५ मत प्राप्त गरी निर्वाचित भए भने नगर उपप्रमुखमा नेकपा एमालेका तारा राना मगरले १३८१० मत प्राप्त गरे ।

 



सम्बन्धित
Loading...