साउदीको जेद्धामा ५५ नेपाली युवा अलपत्र, म्यानपावरले गरेन पहल

आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५५ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करीब ६ महिनाअघि त्यहाँ पुगेका थिए ।
काठमाडौँको गौरीघाटमा रहेको यात्रा एचआर सोलुशन प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजारदेखि २ लाखसम्म बुझाएर साउदी अरबको जेद्धास्थित युनियन कन्याक्टर नामको कम्पनीमा भनेर गएकाहरु म्यानपावरले सम्झौतामा उल्लेख गरेको कम्पनी नभेटेपछि अलपत्र परेका हुन् ।
