४ करोड ७८ लाख बढी तलब बुझ्दै बिदा भए नवलपुरका म्यादी प्रहरी


 



पूर्वी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा खटिएका म्यादी प्रहरीलाई नगद रु ४ करोड ७८ लाख १६ हजार तलबका साथ बिदा गरिएको छ ।

 

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नवलपुर जिल्लामा खटिएका म्यादी प्रहरीहरुलाई नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरको आतित्थयमा सम्पन्न म्यादी प्रहरी बिदाई कार्यक्रममा बिदाई गरिएको छ ।




स्थानिय तह चुनाव सफल पार्न नवलपुरबाट १११९ म्यादी प्रहरी दरबन्दी भएकोमा १११२ म्यादी प्रहरी खटिएका हुन् जसमध्ये ७ जनालाई विविध कारणले रद्द गरिएको हो ।

स्थानिय तह निर्वाचनमा नवलपुरबाट निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण गरी पद भार गरे बापतै म्यादी प्रहरीहरुलाई बिदाई गरिएको हो ।

 

नवलपुरमा खटिएका १११२ म्यादी प्रहरीलाई प्रति व्यक्ति रु.४३ हजारको दरले रु. ४ करोड ७८ लाख १६ हजार तलबका साथ बिदा गरिएको हो।

प्रहरी उपरिक्षक प्रज्जवल मर्हजनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा म्यादी प्रहरीहरुलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारीले स्थानिय तह निर्वाचनमा प्रदान गरिएको म्यादी पोसाकको दुरुपयोग नगर्न तथा अब हुने निर्वाचनमा फेरि सहभागी हुन आग्रह गरेका थिए ।

 

 

 

 

 

 

 



सम्बन्धित
Loading...