करेन्ट लागेर चितवनमा एक जनाको मृत्यु


 



भरतपुर । भरतपुरमा १० मा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । हावाहुरीले झारेको बोर्ड मिलाउने क्रममा शिखर इन्स्योरेन्स कम्पनीका कर्मचारीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

 

शिखर इन्स्युरेन्समा कार्यरत भरतपुर १० कटहर चोक बस्ने वर्ष ३५ की सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो ।

 




करेन्ट लागेर गम्भीर घाइते भएका सुवेदीको उपचारको लागि भरतपुर अस्पताल लजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चिकित्सकको भनाइ उदृत गर्दै चितवन प्रहरीले जनाएको छ ।

 

सोही इन्स्युरेन्समा कार्यरत भरतपुर ७ बस्ने वर्ष ३२ को तरुण थापा पनि करेन्ट लागेर घाइते भएका छन् । उनलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

 

 



सम्बन्धित
Loading...