ब`लात्कार आरोपी पाण्डेलाई पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालतले बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न पाँच दिनको समय दिएको छ ।
सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौं जिल्ला अदालत पुर्याएको थियो ।
उनीमाथि सौन्दर्य प्रतियोगितामा सहभागि युवतीले सामाजिक सञ्जालमार्फत् आफूमाथि ६ महिनासम्म बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
त्यसपश्चात पाण्डेलाई पक्राउ गरी कानून अनुसार कारबाही गर्न सडक, सदन र सामाजिक सञ्जालबाट तीव्र दबाव आइरहेको थियो ।
- मनोज पाण्डेविरुद्ध ‘मानव बेचविखन’ कसुरमा अदालतबाट पीडितको बयान प्रमाणित
- २६ वर्षीया महिला ब`लात्कार गरेको आ`रोपमा एक प`क्राउ
- १२ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ