यौन दुर्व्यवहारको आरोप लागेपछि एकै दिनमा मस्कले गुमाए १ करोड डलर


 



काठमाडौं । टेस्लाका संस्थापक सीईओ इलन मस्कले आफूमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि एकै दिनमा १ करोड डलर गुमाएका छन्।

 

हालै बिजनेस इन्साइडरले बाहिर ल्याएको एक रिपोर्ट अनुसार मस्कको एरोस्पेस कम्पनी स्पेसएक्सले एउटा फ्लाइट एटेन्डेन्टले २०१८ मा मस्कले आफूमाथि उडानकै क्रममा यौन दुर्व्यवहार गरेको भन्दै लगाएको आरोपको मुद्दा सुल्झाउन २ लाख ५० हजार डलर तिर्नुपरेको छ।

 




मस्कले भने उक्त दावी अस्विकार गर्दै आएका थिए। त्यसैले उक्त उजुरीकर्ता र मस्कबिच विवाद चुलिँदै गएको थियो।

 

कम्पनीको मूल्यांकन १२५ अर्ब डलर रहे पनि सूचीकृत कम्पनी नभएका कारण दैनिक रुपमा मूल्यांकनमा खासै फरक पर्दैन।

 

बजारमा रहेको टेस्लाको शेयरको प्रदर्शनले मस्कको सम्पत्तिमा भने निकै प्रभाव पार्ने मार्कले लेखेको छ।

 

बीबीसीका अनुसार मस्कले कम्पनीको १५ प्रतिशत हिस्सा लिन्छन्। उनीमाथि यौन दुर्व्यवहारको आरोप बाहिरिएपछि टेस्लाको स्टक मूल्य ६.४ प्रतिशतले खस्केको थियो।

 



सम्बन्धित
Loading...