वडाअध्यक्ष पदमा उम्मेद्वार रहेका दिलबहादुरका छोराको शं`कास्पद मृ`त्यु, ह`त्याको आ`शंका




दोलखाको गौरीशंकर गाउँपालिका–३ झ्याकुका एक युवकको शं`कास्पद मृ`त्यु भएको छ।

 

नेपाली कांग्रेस वडाध्यक्षमा उम्मेदवारी दिएका दिलबहादुर बस्नेतका छोरा २४ वर्षीय यानबहादुरको शं`कास्पद मृ`त्यु भएको हो।

 




मंगलबार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर घर नजिकै आज बिहान मृ`तावस्थामा फेला परेको स्थानीयवासी जिपछिरिङ शेर्पाले बताए।

 

घ`टनास्थलमा प्र`हरी टोली पुगेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख गङ्गा पौडेलले बताइन्।

 

मृ`तक बस्नेतका बुवा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए।

 

झ्याकुस्थित मानेडाँडा माविमा कार्यरत यानबहादुर काम सकेर साँझ ६ः३० बजे घरबाट निस्किएका र अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय तथा आफन्तले खोजीकार्य जारी राखेका थिए।

 

मंगलबारदेखि बेपत्ता भएका यानबहादुर आज बिहान झ्याकुस्थित सर्सेपु विद्यालय नजिकैको जंगलमा मृ`त फेला परेको प्रहरीले जनाएको छ।

 



सम्बन्धित
Loading...