यि हुन् विद्रोहीद्वारा ह’त्या भएका टिकटक स्टार

जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गो’ली हानेर ह’त्या भएको छ ।
टिकटक स्टार ३५ वर्षीया अम्रिन भाटलाई विद्रोहीले गो’ली हानी ह’त्या गरेका हुन् । आक्र’म’णमा महिलाका १० वर्षीया भतिजा पनि घा’इते भएका छन् ।
लश्कर–ए–तैइबा (एलईटी) मा आबद्ध कार्यकर्ताले बुधबार साँझ उनको ह’त्या गरेको प्रहरीले जनाएको छ ।
‘विद्रोहीले करिब ७ बजेर ५५ मिनेट जादा अमरीन भाटलाई उनको घरमा गो’ली हानेका थिए ।
उनलाई घाइते अवस्थामा अस्पताल लगिएको थियो । अस्पताल लैजानेवित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरे’, कश्मिर प्रहरीले भनेको छ । युवतीको हत्या’bout प्रहरीले अनुसन्धान सुरु गरेको छ ।