टे`क्सास विद्यालयको गो`लीबारीमा मा`रिएकी शिक्षिकाका पतिको ‘शो`कले’ मृ`त्यु


 



टे`क्सासको उ`भाल्डेमा मंगलबार भएको सामूहिक गो`लीकाण्डमा मारिएका एक शिक्षिकाका श्रीमानको हृ`दयघातका कारण मृ`त्यु भएको बताइएको छ ।

 

जो गार्सिया इर्मा गार्सियाका पति थिए । इर्माले उक्त रोब इलिमेन्टरी स्कूलमा विगत २३ वर्षदेखि अध्यापन गराइरहेकी थिइन् ।

 




एक किशोर ब`न्दुकधारीले गो`ली चलाउँदा १९ बालबालिका सहित २१ जनाको ज्यान गएको उक्त घ`टनामा दुई शिक्षकसमेत मा`रिएका थिए, जसमध्ये एक गार्सिया पनि  थिइन् ।

 

२४ वर्षदेखि विवाह बन्धनमा बाँधिएका यी दम्पतीका चार सन्तान छन् ।

 

 

बिहीबार रातिसम्म, गार्सिया परिवारको लागि अनलाइन कोष संकलनमा १.६ मिलियन डलर जम्मा भइसकेको थियो । सुरुमा १० हजार डलर रकम संकलन गर्ने उद्देश्य राखिएको थियो ।

 

गोफन्ड मी पेजमा बताइए अनुसार ग्रासियाकी कजन डेब्रा अस्टिनले लेखेकी छिन्, ‘म साँच्चै विश्वास गर्छु कि जोको नि`धन हृ`दय टुटेका कारण भएको हो ।’

 

ट्विटरमा​ गार्सियाका भतिजा जोन मार्टिनेजले भने, ‘गार्सिया आफ्नी श्रीमतीको ह`त्या भएपछि अत्यन्त दुःखित थिए । यसै दुःखका कारण उनको नि`धन भयो । ’

 

 

एक स्थानीय फक्स सम्बद्धले बताए अनुसार गार्सियाको मृ`त्यु भयानक हृ`दयघातका कारण भएको हो ।

 

गार्सिया जोडीले १२ देखि २३ वर्षसम्मका दुई छोरा र दुई छोरीलाई टुहुरो बनाएर बिदा भए ।

 

उभाल्डेमा घातक गो`लीबारी पछि, मार्टिनेजले न्यूयोर्क टाइम्ससँगको कुराकानीमा गार्सियाले आफ्नो अन्तिम साससम्म आफ्ना कक्षाका बालबालिकाहरुलाई अँगालो मारिरहेको अवस्थामा भेटिएको जानकारी दिए ।

 

‘उनले आफ्नो कक्षाकोठामा बच्चाहरूको सुरक्षा गर्न आफूलाई बलिदान दिइन्, ’उनले कोष सङ्कलन पृष्ठमा लेखे । ‘उनी एक नायक थिइन् ।’

 

गार्सिया र गोलीबारीमा मारिएकी अर्की शिक्षिका, इभा मिरेलेस, पाँच वर्षदेखि सँगै पढाउँदै आएका थिए र उनीहरूबीच ४० वर्षभन्दा बढीको अनुभव थियो ।

सम्बन्धित समाचार

 

 



सम्बन्धित
Loading...