चर्चमा भाग-दौड हुँदा ३१ जनाको मृ’त्यु




नाइजेरियाको एक चर्चमा भाग-दौड हुँदा कम्तीमा ३१ जनाको मृ’त्यु भएको छ ।

 

दक्षिणी नाइजेरियामा रहेको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न एक धार्मिक कार्यक्रमपछि खाना वितरण भइरहेको समय एक्कासी भाग-दौड भएको चर्चका अधिकारीलाई उद्धृत गरी नाइजेरियाली प्रहरीले जनाएको छ ।




“प्रहरीले कम्तीमा ३१ जनाको मृ’त्यु भएको पुष्टि गरेको छ भने अन्य केही घा’इते भएका छन्,” स्थानीय प्रहरीका प्रवक्ता ग्रेस आइरिन्ज कोकाले भने ।

 

घाइतेहरूको स्थानीय अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको बताइएको छ ।

अफ्रिकी मुलुक नाइजेरियामा समुदाय समुदायबीचमा बेलाबखत हुने द्व’न्द्वका कारण ग्रामीण क्षेत्रका मानिसहरूले भय र त्रा’सका बीच आफ्ना दैनिकी सञ्चालन गर्दै आएका छन् ।



सम्बन्धित
Loading...