४३ जना सवार डुङगा डुब्दा २६ जना बेप’त्ता, १७ जनाको उ’द्दार

एजेन्सी । इण्डोनेशियाको सुलावेसी द्विपको मकस्सर जलडमरुमध्यमा एक डुङगा डु’ब्दा २६ जना बेप’त्ता भएका छन् ।
४३ जना सवार सो डुङगाबाट १७ जनाको उ’द्दार गरिएको छ ।
बिहीबार मकस्सर बन्दरगाहबाट निस्कीएको सो डुङगाको इन्धन सकिनुका साथै खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
बे’पत्ताहरूको खोजीमा ४० जनाको उ’द्दार टोली खटिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सुरक्षा सतर्कता व्यवस्थापन कमजोर भएका कारण हजारौं समुन्द्री द्विप रहेको इण्डोनेशियामा डुङगा दुर्घ’टना हुने गरेको बताइएको छ ।