चितवनका १८ कैदीले पाए आममाफी




पन्ध्रौँ गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय भरतपुरमा रहेका १८ कैदीले आम माफी पाएका छन् । १५ पुरुष र तीन महिलाले आममाफी पाएका हुन् ।

 

कार्यालयका प्रमुख कमलप्रसाद आचार्यकाअनुसार आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका चार, कर्तव्य ज्यान मुद्दाका पाँच, चोरी मुद्दाका पाँच र बहुविवाहका चार रहेका छन् । उनीहरुमध्ये १५ जना ५० प्रतिशत कैद भुक्तान गरेका र तीन जना ४० प्रतिशत कैद भुक्तान गरेका रहेका छन् ।

 




आचार्यका अनुसार असल चालचलन भएकालाई आममाफीमा लागि सिफारिस गर्ने गरिन्छ । विभिन्न अवसर पारेर गरिने सिफारिसमा राष्ट्रपतिमार्फत आममाफी दिने प्रचलन रहेको छ ।

 

यस कारागारमा दुई आश्रित बालिकासहित ७४१  कैदी बन्दी छन् । २५५ को क्षमता रहेको पुरुष बन्दी गृहमा हाल ६८७ र २५ को क्षमता रहेको महिला बन्दी गृहमा ५२ रहेका छन् ।

 



सम्बन्धित
Loading...