चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृ`त्यु




चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृ`त्यु भएको छ ।

 

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ धारापानीमा आज भएको दु`र्घटनामा एक पुरुषको मृ`त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिए । उनको सनाखत हुन सकेको छैन ।

 




ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन । ती पुरुष सडकमा मृ`तावस्थामा फेला परेको प्र`हरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी अ`नुसन्धानका लागि घ`टनास्थलमा पुगेका छन् ।

 

 



सम्बन्धित
Loading...