भर्खरैः भारतीय नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृ’त्यु


 



बुधबार बेलुकी ८ः१० बजेको समयमा चितवन खैरहनी नगरपालिका-९ सिमलटाँडीमा भारतीय कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृ’त्यु भएको छ ।

 

पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको जेएच ०१ डिएक्स ७७-३९ नम्बरको भारतीय नम्बर प्लेटको कारले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिँदा मोटरसाइकल चालक कालिका नगरपालिका-४ घर भई हाल खैरहनी नगरपालिका ८ बस्ने २१ वर्षीय विश्वास गुरुङ गम्भीर घा’इते भएका थिए ।

 




उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा ल्याइएकोमा उपचारको क्रममा ९ः१६ बजेको समयमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनापश्चात् करिब ८० जनाको संख्यामा जम्मा भएका स्थानीयवासीले सडक अव’रुद्ध गरी कारमा क्ष’ति पुर्‍याएका छन् । स्थानीयको अ’व’रोध भएपछि सो स्थानमा इप्रका खैरहनी, इप्रका टाँडी र इप्रका भण्डाराबाट खटिएको प्रहरी टोलीले ९ः२२ बजेबाट सडक सुचारु गरेको छ ।

 

प्रहरीले ठक्कर दिने कार र चालक भारत विहार प्रदेश पश्चिम चम्पारण जगदीशपुर-४ बस्ने वर्ष ३५ को आलोक कुमारलाई इप्रका खैरहनीले निय’न्त्र’णमा लिएको जनाएको छ ।

 



सम्बन्धित
Loading...