नारायणी नदी किनारमा सरसफाई


 



४७औँ वातावरण दिवसको अवसर पारेर गैँडाकोट २ नारायणी नदी किनारमा सरसफाई गरिएको छ ।

 

‘पृथ्वीको संरक्षण ः दिगो प्रकृति मैत्री जीवनयापन’ नारा सहित डब्लुडब्लुएफको आर्थिक सहयोगमा गैँडाकोटको सहमति संस्था, हिमछाँया कलेज र गँैडाकोट जेसिजको सहकार्यमा नदी सरसफाई गरिएको हो ।

 




नारायणी नदी वरपर दिनहँु प्रदुषित हँुदा त्यसले पानीमा आश्रीत प्राणीसँगै वातावरणमा समेत प्रभाव पारेको हुँदा सरसफाइ अभियान सञ्चालन गरिएको सहमतिका सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटिय सामुहिक प्रयास तथा कार्ययोजना परियोजनाका संयोजक दिनेश बस्ताकोटीले जानकारी दिनुभयो । कलेजका विद्यार्थीहरुलाई पनि यो अभियानमा समावेश गरिएको र यसले सबैमा सचेतना बढ्ने उहाँको विश्वास छ ।

 

सरसफाई कार्यक्रममा गैँडाकोट २ का वडाध्यक्ष प्रकाश सापकोटाले नदी र प्राकृतिक स्रोतको संरक्षण, सम्बद्र्धनमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । वरिपरीको वातावरण जस्तो छ हाम्रो मन मस्तिष्क पनि त्यस्तै हुने हुनाले हरियाली र सरसफाईयुक्त वातावरण बनाउन यूवाको सक्रियताले खुसी लागेको सापकोटाको भनाई छ ।

 

जेसिज गैँडाकोटका अध्यक्ष शंकर अधिकारीले सरसफाई अभियान आफैबाट सुरु गर्नुपर्ने बताउनुभयो । नारायणी नदीमा मात्र नभएर घर वरपर पनि आफैले सरसफाई गरेर यो अभियानलाई आफ्नो अभियान बनाएर गाउँ शहर सुन्दर बनाउनु पर्ने उहाँले बताउनुभयो ।

 

सरसफाई अभियानमा नारायणी टोल विकास संस्थाका स्थानीयबासी, सामुदायिक सेवा केन्द्र तथा नेपाल प्रहरीले समेत साथ दिएका थिए । अभियान अन्र्तगत सहमतिले विभिन्न संघ संस्थासँगको सहकार्यमा हरेक शनिबार निरन्तर नदी किनारमा सरसफाई कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

 



सम्बन्धित
Loading...