आगलागीमा परी ५ जनाको मृत्यु, सयौं घाइते




बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने करिव सय जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन् ।

आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिकारी जलाल अहमदले भने । अग्नि नियन्त्रक युनिट आगो निभाउन डिपोमा पुगेका थिए ।

आगलागीकै क्रममा ठूलो विस्फोट हुँदाअग्नि नियन्त्रकसहित दर्जनौँ घाइते भएका थिए ।

चटगाउँका प्रमुख चिकित्सक इलियास चौधरीले आगलागीमा कम्तीमा ५ जनाको मृत्यु भएको र करिब १०० जना घाइते भएको बताए । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर छ ।



सम्बन्धित
Loading...