दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृत्यु


 



अमेरिकामा एक दुई वर्षीय बालकले चलाएको गोली लागेर बाबुको मृ’त्यु भएको छ ।

 

अभिभावकले गोली राखेर छाडेको बन्दुक बालकले अकस्मात् चलाउँदा बाबुको मृ’त्यु भएको हो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले २६ वर्षीय रेगीलाई मृ’त घोषणा गरेका थिए ।

 




प्रहरीले सुरुमा रेगीले आफूले आफैलाई गोली प्रहार गरेको अनुमान गरेका थिए । तर, अनुसन्धान गर्ने क्रममा उनको मृ’त्यु दुई वर्षीय बालकले चलाएको बन्दुकबाट मृ’त्यु भएको खुल्न आएको ओरेन्ज काउन्टी शेरिफ जोन मिनाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

पीडितको घरमा प्रहरी पुग्दा बच्चाकी आमा मारी आयलाले आफ्नो पति रेगी म्याब्रीलाई सीपीआर दिएकी थिइन् ।

 

गोली चल्दा पाँच महिनाकी बालिकासहित परिवारका पाँचै जना सदस्य एउटै कोठामा थिए । बालबालिकालाई बेवास्ता र लागुऔषध प्रयोगमा दुवै दम्पतीमाथि धेरै अपराधको अभियोग लागेको थियो । 

 



सम्बन्धित
Loading...