धादिङको पहिरो पीडितलाई तत्काल उद्धार गरौँः सांसद लोहनी

प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रेमप्रसाद लोहनीले धादिङमा त्रिपुरा सुन्दरी गाउँपालिकामा मुसलधारे पानी परेर मानिस घरभित्रै थुनिएकाले तत्काल उद्धारका लागि सरकारको ध्यानाकर्षण गराए।
उनले कतिपय मानिस तथा चौपाया पहिराले पुरिएका हुँदा तत्काल उद्धार र पुनःस्थापनाका लागि सरकारसँग आग्रह गरे।
त्यस्तै, आजको बैठकमा सांसद चन्दा चौधरीले गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका समयमा आफूमाथि करिव १०० जना आएर दुव्र्यवहार गरेकोप्रति सरकारको ध्यानाकर्षण गराइन्।
“गत वैशाख २७ गते ममाथि दुव्र्यवहार भयो, करिव १०० जना मेरो घरमा आएर आमालाई गालीगलौज गर्ने काम गरे”, उनले भनिन्, “त्यसको छोरीलाई छोड्न हुन्न, हातहतियार तयार गरौँ भनेर निर्दोष आमालाई तर्साउने काम गरियो।
आफूलाई ४० मिनेटसम्म सुरक्षा दिएर लुकाएर राख्नुपरेको उल्लेख गर्दै उहाँले नेपालको सांसदमाथि हमला गर्ने प्रयास गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराइन्।