चीनमा क्रेन डुब्दा २७ जना बेपत्ता


काठमाडौं । चीनको ग्वाङ्डोङ प्रान्तमा पानीमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता भएका छन् । ३ जनाको सकुशल उद्धार गरिएको छ ।



चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीनको याङजियाङ शहर नजिकैको समुद्रमा तैरिरहेको क्रेन आँधीका कारण चेन चुँडिएर डुबेको हो ।




बेपत्ताहरूको खोजीका लागि आसपासका उद्धार हेलिकप्टर र अन्य पानीजहाजहरू परिचालन गरिएको समाचारमा उल्लेख छ ।

चीनमा चावा नाम दिइएको आँधी सक्रिय रहेको छ । अधिकतम ६८ माइल प्रतिघण्टाको गतिमा चलिरहेको आँधीका कारण क्रेन डुबेको हो ।

दक्षिण चीन सागरमा सञ्चालित औद्योगिक सहायता जहाजमा दुई दर्जनभन्दा बढी चालक दलका सदस्य रहेका थिए ।

 

https://www.youtube.com/watch?v=P0206Wejx-A



सम्बन्धित
Loading...