नवलपुरमा गोहीको आक्रमणबाट घाइते




रामकुमार श्रेष्ठ –

नवलपुर । नवलपुरको तम्सरिया ६ भण्डारा निवासी ४६ बर्षीय खोरबहादुर थारु गोहीको आक्रमणबाट घाइते भएका छन् ।




जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु ६ उल्टिखोलामा भैसी चराउने क्रममा उनलाई अचानक गोहीले आक्रमण गरेको हो ।

उनको दाहिने खुट्टाको साप्रामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइते थारुको मध्यविन्दु जिल्ला अस्पताल कावासोती डण्डामा उपचार भईरहेको छ ।



सम्बन्धित
Loading...