मध्यविन्दु नगरपालिकाको आर्थिक बर्ष २०८१।०८२ का लागि १ अर्ब ७ करोडको बजेट





नवलपुर । आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि नवलपुरको मध्यविन्दु नगरपालिकामा १ अर्ब ७ करोडको बजेट विनियोजन गरिएको छ । मध्यविन्दु नगरपालिकाको नगर सभाको पन्ध्रौं नगरसभा पालिकामा १ अर्ब ७ करोडको बजेट विनियोजन गरिएको हो ।

नगर उपप्रमुख पूर्णकला चौधरीद्वारा प्रस्तुत बजेटमा आन्तरिक स्रोतबाट २८ करोड १७ लाख ११ हजार, संघीय समानीकरण अनुदानबाट १५ करोड २५ लाख, संघीय राजश्व बाँडफाँडबाट १४ करोड ४२ लाख, संघीय सशर्त अनुदानबाट ३९ करोड ८३ लाख ६८ हजार, संघीय समपूरक अनुदानबाट १ करोड ३० लाख, संघीय विशेष अनुदानबाट २ करोड ६० लाख, प्रदेश समानीकरण अनुदानबाट २ करोड ९ लाख ६१ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड ६० लाख ३९ हजार, प्रदेश समपुरक अनुदानबाट १ करोड र जनसहभागिताबाट १ करोड आय प्राप्त हुने प्रक्षेपण मध्यविन्दु नगरपालिकाको रहेको छ ।


त्यसैगरी नगर सभामा मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नीति तथा कार्यक्रम पेश गरेका थिए ।



सम्बन्धित
Loading...