पश्चिम नवलपरासी कांग्रेसमा भूइचालो, प्रदेश महामन्त्री विक्रम खनाल पार्टीबाट निस्काशन
नारायण शर्मा –
नवलपुर । नेपाली कांग्रेसका प्रभावशालि नेता तथा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीले निस्काशन गरेको छ ।
पश्चिम नवलपरासीवाट संबिधान सभाका पूर्व निर्वाचित सदस्य समेत रहेका खनाललाई पार्टी केन्द्रीय सदस्यद्धय बिनोद चौधरी र देबेन्द्र कंडेलको डिजाइनमा निस्कासन गरिएको भन्दै पश्चिम नवलपरासी कांग्रेसमा ब्यापक असन्तुष्टि बढेको छ ।
असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले नवलपरासीका खनाललाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरिएको जनाइएको छ ।
समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले खनाललाई कारबाही गरिएको जानकारी पार्टी सभापति शेरबहादुर देउवा र उनीसम्बन्धित प्रदेश र जिल्लालाई पनि बोधार्थ दिएका छन । खनालले गत संसदीय निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाइ असहयोग गरेको आरोपमा उजुरी मागेर निर्वाचन सकिएको ३ वर्षपछि कारबाही गरिएको हो ।
खनाललाई १ वर्षका लागि पार्टी सदस्यबाटै निष्काशन गर्ने निर्णय गरिएको ढुंगानाले जानकारी दिए । पश्चिम नवलपरासीमा प्रभावशालि मानिने खनाल शेखर कोइराला पक्षधर भनेर चिनिने गरेका छन ।
पश्चिम नवलपरासीवाट केन्द्रीय सदस्यद्धय बिनोद चौधरी र देबेन्द्र कंडेल एकातिर रहेका छन भने स्थानिय तहमा बहुमत कार्यकर्ता सहित बिक्रम खनाल अर्को तिर बांडिएका छन ।
गत संसदिय निर्वाचनमा कांग्रेसवाट बिनोद चौधरी उम्मेदवार बनेपछि जिल्लाका प्रभावशालि मानिने बिक्रम खनाल पक्ष असन्तुष्ट थियो । त्यसैको आडमा पार्टी सभापति निकट मानिने चौधरी र कंडेलले कारबाहि गराएको भनेर जिल्लामा चर्चा रहेको छ ।
खनाललाई कारबाही गरिएको पत्र बाहिरिएपछि पश्चिम नवलपरासी कांग्रेसमा भूइचालो गएको छ । चौधरी र कंडेल बाहेकका जिल्लाका नेता र कार्यकर्ता खनालको पक्षमा उभिएका छन ।
स्थानीय कांग्रेस कार्यकर्ताहरु खनालको लोकप्रीयता सहन नसकेर चौधरीले कारबाही गराएको भनेर आक्रोसित भएका छन ।
‘यो सब बिनोद चौधरीको तिक्डम हो उस्को पालो सकिएको छनक हो’ — का“ग्रेस जिल्ला सचिव कूलदिप आचार्यले भने –‘पैसाले सधै न्याय किनिदैन पश्चिम नवलपरासी जिल्ला र समग्र लुम्विनी प्रदेशमा राजनैतिक फिल्ड हाम्रै पक्षमा छ ।’
केन्द्रीय नेतृत्वले जिल्लाको राजनैतिक यर्थातता नबुझी लिएको निर्णयवाट आफुहरु दुखी भएको आचार्यले गुनासो गरे ।
खनाल पहिलो संबिधान सभा निर्वाचनमा कांग्रेसवाट निर्वाचित भएका थिए । बिक्रम खनाल जिल्लामा लोकप्रिय मानिन्छन । खनालले भने जिल्ला र प्रदेश तहका पार्टी भित्र यस विषयमा छलफल भईरहेकोले आज तत्काल कुनै प्रतिक्रिया नदिने र पछि पत्रकार सम्मेलन मार्फत सामुहिक रुपमा प्रतिक्रिया दिने जनाएका छन् ।