खानेपानीमा लगाएको २५ प्रतिशत कर घटाउन खानेपानी महासंघ नवलपुरको माग




रामकुमार श्रेष्ठ –

नवलपुर । सरकारले बजेट भाषण मार्फत खानेपानी उपभोक्तालाई उठेको शुल्कमा लगाउन लागेको २५ प्रतिशत कर हटाउन खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल नवलपुरले माग गरेको छ ।




खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल नवलपुरले आज खानेपानीमा लगाउन लागिएको कर हटाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुुझाएका छन् ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय सदस्य दीपक लम्साल, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसालको नेतृत्वमा रहेको टोलीले नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

सेवा मुलक संस्था खानेपानी उपभोक्तालाई उठेको रकमको २५ प्रतिशत कर लगाएर आम नागरिकलाई समेत खानेपानीमा महंगो शुल्क तिर्न बाध्य पार्ने अवस्था सिर्जना हुने महासंघको ठहर रहेको छ ।

ज्ञापन पत्रमा तत्काल समस्या समाधान नगरिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

उनीहरुले यस अघि राष्ट्रपति रामचन्द्र पौडेलको पनि ध्यानाकर्षण गराएका थिए ।



सम्बन्धित
Loading...