साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन


रामकुमार श्रेष्ठ – 

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकामा निर्मित मध्यविन्दु नगर अस्पताल र मध्यविन्दु आँखा अस्पतालको आइतबार उद्घाटन गरिएको छ ।

मध्यबिन्दु नगरपालिका ७ मा १७ करोड ५६ लाख २६ हजारको लागतमा निर्मित भवन तथा १५ शैयाका अस्पतालको आइतबार मध्यविन्दु नगर प्रमुख भिमलाल अधिकारीले उद्घाटन गरेका हुन् ।

उद्घाटन पछि नगर प्रमुख भिमलाल अधिकारीले नगर अस्पताल सञ्चालन पछि यहाँका जनताको स्वास्थ्य समस्या धेरै हदसम्म हल हुने विश्वास व्यक्त गरे ।

नगर प्रमुख अधिकारीले स्थानीय नागरिकलाई सुलभ, गुणस्तरीय र भरोसायोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको दीर्घकालीन लक्ष्य अनुरूप यो अस्पताल महत्त्वपूर्ण उपलब्धि भएको बताए ।



सम्बन्धित
Loading...