कावासोतीमा दुर्घटना एक जना गम्भीर घाइते


कावासोती । नवलपुरको कावासोती–१६, डण्डामा थारु संग्रहालय अगाडि पूर्व–पश्चिम राजमार्गको डिभाइडरमा ठक्कर खाई मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

लु ६८ प ५१८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कावासोती–९ का ४५ वर्षीय मोहन राना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

टाउकोमा चोट लागेर बेहोस भएका रानालाई उपचारका लागि चितवन भरतपुर पठाइएको प्रहरीले जनाएको छ । दुर्घटना विहीबार साँझ ६ः३० बजे भएको हो ।



सम्बन्धित
Loading...