अपांगता भएकी महिला बलात्कार गर्नेलाई ८ वर्ष कैद सजाय


 



अपांगता भएकी महिलामाथि जबरजस्ती करणी गरेका एक जनालाई दाङको जिल्ला अदालतले ८ बर्षको कैद सजाय सुनाएको छ ।
अपांगता भएकी २८ वर्षीया महिलालाई बलात्कार गरेको मुद्दामा दोषी ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले राप्ती गाउँपालिका १ का २१ वर्षीय समिर अलीलाई ८ वर्ष कैदको फैसला गरेको हो।
न्यायाधीश हेमन्त रावलको इजलासले अलीलाई दोषी ठहर गर्दै यस्तो फैसला गरेको अदालतले जनाएको छ।
पीडित महिलालाई अलीले २०७५ पुस १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय भालुवाङमा पुस १८ गते उजुरी दिएका थिए।
प्रहरीले आरोपितलाई पुस १८ गते पक्राउ गरेको थियो। पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १८ गते भालुवाङ स्वास्थ्य चौकीमा भएको र प्यारालाइसिसले बिरामी परेकी पीडितको २०७५ फागुन २७ गते मृत्यु भएको थियो।



सम्बन्धित
Loading...