समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नवलपरासीको महाधिवेशन प्रतिनिधिमा कँडेल गुट कमजोर/ खनाल–जयसवाललाई बहुमत

हरि शर्मा - परासी, ८ मंसिर। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत पश्चिम नवलपरासीमा भएको महाधिवेशन प्रतिनिधि छनौटमा देउवा गुटका केन्द्रीय सदस्य एंव सांसद देवेन्द्रराज कँडेल कमजोर देखिएका छन् । कँडेल अर्थात…

सुनवल नगरपालिकाले आधारभुत कक्षहरुमा आफनै पाठयक्रम लागु गर्दै

गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासीमा सुनवल नगरपालिकाले नगरपालिका भित्रका आधारभुत विद्यालयहरुमा आफनै पाठयक्रम लागु गर्ने भएको छ । सुनवल नगरपालिका कार्यालय शिक्षा शाखाले ‘हाम्रो सुनवल’ नामक…

नवलपरासीमा देउवा इतर गुटको वर्चस्व

हरि शर्मा - परासी, ४ मंसिर ः पश्चिम नवलपरासी कांग्रेसमा देउवा इतर गुटको वर्चस्व देखिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मंसिर ३ गते सम्पन्न प्रदेश सभा क्षेत्रीय अधिवेशनको मत परिणामले…

संचार सेवा संघले आफनो सेवा क्षेत्र विस्तार गर्ने

नवलपरासी । पछिल्लो दश वर्ष देखी परासी क्षेत्रमा आम मानिसहरुको सेवाका लागि एम्बुलेन्स सेवा संचालन गर्र्दै आएको संस्था संचार सेवा संघले आफनो सेवाको क्षेत्र विस्तार गर्ने भएको छ । संचार सेवा संघ नवलपरासीका संरक्षक संविधान सभा सदस्य…

धानबालीमा रोग लागेपछि किसान चिन्तीत

कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा लगाईएको धान बालीमा रोग देखिएपछि यहाँका किसान चिन्तित बनेका छन् । कावासोती १४ का किसान मान सिंह गुरौको १० कठ्ठा क्षेत्रफलमा लगाएको धान पुरै रातो भएर सुकेको छ । ‘गोडमेल गरेर मलजल हालेपछि…

नवलपरासीमा पनि गाई जात्रा मनाइदै

रामकुमार श्रेष्ठ - नवलपरासी । नवलपरासीमा पनि आज गाईजात्रा पर्व नेवार समुदायले धुमधामका साथ मनाउँदैन छन् । बर्षदिन भरी निधन भएका आफन्तको सम्झनामा गाईको प्रतिक आकार बनाएर गाईजात्रा पर्व मनाउने प्रचलन नवलपरासीका नेवार…

देवचुली ९ मा एक बर्षमा करिब १३ लाख राजश्व संकलन

कृशला सापकोटा - देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ९ ले १० लाख ९२ हजार २ सय १५ रुपैयां राजश्वमा संकलन गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा १० लाख ९२ हजार २ सय १५ रुपैयां राजश्वमा संकलन गरेको देवचुली नगरपालिका वडा…

ट्राफिक प्रहरीको एक महिनामा ९ लाख बढी राजश्व संकलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले साउन महिनामा सवारी कारवाहीबाट नौं लाख रुपैया बढी राजश्व संकलन गरेको छ । प्रहरीले एक महिनाको अवधिमा एक हजार चार सय ५० वटा सवारी कारवाही गर्दा नौ लाख २४ हजार रुपैया राजश्व संकलन गरेको…

चौधरी उद्योगमा करेण्ट लागेर मजदुरको निधन

नवलपुर । सिजी उद्योगमा करेण्ट लागेर एक कर्मचारीको ज्यान गएको छ । आज बिहिवार बिहान करीव ११ वजेको समयमा देवचुली १२ का चक्रपाणी भुसाललाई करेण्ट लागेको ईलाका प्रहरी कार्यालय रजहरका प्रमुख एवं इन्स्पेक्टर नविन थापाले जानकारी दिए ।…

नवलपुरमा बुधबार ४१ जना नयाँ संक्रमित थपिए, ४९५ सक्रिय संक्रमित

नवलपुर । पूर्वी नवलपरासीमा बुधबार ४१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बुधबार गैडाकोटमा ६ जना, देवचुलीमा ७ जना, कावासोतीमा १४, मध्यविन्दुमा ७ जना, विनयी त्रिवेणीमा ५ जना र हुप्सेकोटमा २ जना संक्रमित थपिएका…