समुह अनुसार हेर्नसहोस

राजनीति

मतदान गरेपछि बालेन शाहले भने- हाम्रो अवस्था एकदमै राम्रो देखियो

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार र्‍यापर बालेन्द्र शाह (बालेन शाह) ले साइत हेराएर मतदान गरेका छन् । बिहान ठिक ११ बजे उनले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर उनले मतदान गरेका हुन् । अन्य उम्मेदवारहरू तथा नेताहरूले…

जनतालाई चुनावका दिन मात्रै मालिक बनाउने प्रवृत्ति अन्त्य गरौं : रेखा थापा

काठमाडौं । अभिनेत्री रेखा थापाले चुनाव जितिसकेपछि जनतासामु नाकमुख नै नदेखाउने नेताहरुको प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएकी छन् । चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसको केन्द्रबाट मतदान गरेपछि अनलाइखबर कुरा गर्दै उनले यसपटकको चुनावमा…

मतदानपछि फर्किंदै गर्दा एक वृद्धको मृत्यु

काठमाडौं। बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए । आज बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि…

भरतपुरमा चिट चोरेर असम्बन्धित व्यक्तिले गरे मतदान

भरतपुर । भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर माध्यमिक विद्यालयको एक मतदान केन्द्रमा चिट चोरेर मतदान गरिएको छ । मतदान केन्द्र ‘ग’मा गठबन्धन दलले बनाएको चिट चोरेर असम्बन्धित व्यक्तिले मतदान गरेका हुन् । आफ्नो आमा र बुबाको मतदान आफुले…

छोराले आमाको भाेट हाल्ने विषयमा विवाद हुँदा गाेरखामा झडप

गाेरखा – गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ को ज्ञानमार्ग मावि मतदान केन्द्र ‘ख’ मा छोराले आमाकाे भाेट हाल्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । विवाद बढ्दै गएपछि दुई पक्षबीच झडप समेत भएको जिल्ला प्रहरी कार्यालय गोरखाले…

स्थानीय चुनावको छेकोमा अमेरिकाबाट स्वदेश फर्किए पूर्व नवयुवराज हृदयेन्द्र शाह

काठमाडौं। पूर्व नवयुवराज हृदयेन्द्र शाह चुनावअघि अमेरिकाबाट फर्किएका छन्। अमेरिकामा उच्च शिक्षा अध्ययनरत शाह स्थानीय चुनावको छेकोमा स्वदेश फर्किएका हुन्। अमेरिकाको बोस्टनस्थित एक विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत उनी दिनअघि मात्रै नेपाल…

नेकपा नेता धर्मेन्द्र बास्तोला पक्राउ

नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका बास्तोलासहितका तीन नेतालाई बिहीबार बिहान भालुबाङमा नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ । पोखराबाट…

धादिङमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा २० भन्दा बढी घाइते

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा २० जना भन्दा बढी घाइते भएका छन्। झडपमा परि नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको टाउको,…

चितवनमा बुद्धिजिवी एवं पेशाकर्मीहरुले मागे रेनु दाहालको पक्षमा मत

चितवन, २७ बैशाख । चितवनमा रहेको बुद्धिजीवि एवं पेशाकर्मीहरुले भरतपुर महागनरपालिकामा मेयरमा रेनु दाहाल र उमपेयरमा चित्रसेन अधिकराीसहितको संयुक्त गठबन्धनको प्यानललाई जिताउन अपिल गरेका छन् । उनीहरुले आज (मंगलबार) विहान नारायणगढमा प्रभातफेरी…

ओलीलाई पुटिन र सि जिनपिङसँग तुलना गर्दै पुण्य गौतम एमाले प्रवेश गरे

काठमाडौं, २७ बैशाख । नेकपा (एकीकृत समाजवादी) परित्याग गरी पुण्य गौतम एमालेमा प्रवेश गरेका छन् । आज एमालेले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चुनावी सभाको क्रममा उनी एमाले प्रवेश गरेका हुन् । उनीसँगै साहित्यकार चन्द्रमणी भट्टराई…