समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री निवास बालुवाटारमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । प्रधानमन्त्री बनेको २२ दिनसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले आज आफ्नै निवासमा बैठक राखेका…

५६ बर्षदेखि सीमा रक्षाको लागि लड्दै सुस्ताबासी, न सरकारले सुन्यो, न भारतले टेर्यो

रामकुमार श्रेष्ठ - नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा पर्ने सुस्ता कुनै बेला सिंगो गाउँ पञ्चायत थियो । विस्तारै सुस्ता गाउँ पञ्चायतबाट अहिले एउटा गाउँपालिकाको आधा वडामा सीमित भएको छ । ४० हजार नौ सय ८० हेक्टर जमिन रहेको…

प्रत्यक्षदर्शीलाई सदरमुकाम ल्याइँदै, गृहको टोली आजै दार्चुलातर्फ

महाकाली नदीमा तुइन तर्दै गर्दा बेपत्ता भएका एक नागरिकको सम्बन्धमा अनुसन्धान गर्न प्रत्यक्षदर्शी भनिएका तीन जनालाई आज जिल्ला सदरमुकाम खलंगा ल्याइँदै छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीका अनुसार तुइन तर्दै गर्दा…

दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने २२ राजनीतिक संगठनको चेतावनी

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपासहितका २२ दलीय गठबन्धनले दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने चेतावनी दिएको छ । गठबन्धनले आइतबार…

पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु

पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु भएको छ । यसअघि सीता एयरले चार्टर्ड उडान गरेको यो रुटमा अब बुद्ध एयरले साताको तीन दिन नियमित उडान गर्ने गरी सेवा शुरु गरेको हो । आइतबार बुद्धको पहिलो जहाज पोखराबाट नेपालगन्ज पुगेको जहाजले त्यहाँबाट…

सेती नदी र पाताले छाँगो निजी कम्पनीलाई

पोखरा । चौतर्फी विरोधका बीच पोखरा महानगरपालिकाले ४ दशकका लागि महत्वपूर्ण स्रोतहरु निजी क्षेत्रलाई ठेक्का दिएको छ । पोखराको सेती नदी र पाताले छाँगो निजी कम्पनीलाई दिइएको हो । शुक्रबार महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बराल र ठेकेदार…

खाल्डाखुल्डीले बुटवलका सडक अस्तव्यस्त, यात्रुलाई सास्ती

बुटवल-लुम्बिनी प्रदेशको मुकाम बुटवलको सडक यतिबेला खाल्डा खुल्डीले अस्तव्यस्त छ। राजमार्ग चौराहदेखी गोलपार्कसम्म सवारी लिएर हिड्न निकै कष्ट हुने गरेको छ। पुष्पलाल पार्क, मिलनचोक, राजमार्ग चौराह, ट्राफिकचोक लगायत बुटवलका मुख्य स्थानका…

मेलम्ची बाढी अपडेट : १७ घर टहरा बगायो

शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिएका छन् । उहाँका अनुसार गत असार १ गते आएको…

चीनले थप १६ लाख डोज खोप दिने

चीनले कोभिड–१९ विरुद्ध नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जनाएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो परिमाणको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो । चीनले यसअघि नेपाललाई १८…

लुम्बिनी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण

बुटवल । लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज (शुक्रबार) पदभार ग्रहण गरेका छन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन नियुक्त भएसँगै…