समुह अनुसार हेर्नसहोस

समाज

पिसाब फेर्न जाँदा भिरबाट लडेर बोलेरो चालक मृत्यु

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ सुकौरामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। बोलेरो चालक इन्द्रसरोवर गाउँपालिका १ मार्खु बस्ने ३२ वर्षीय सुरेश थापामगरको भिरबाट लडेर मृत्यु भएको हो। मंगलबार बिहान हेटौँडाबाट माछा बोकेर काठमाडौं जादै…

ठेक्का सम्झौता सकिएको १६ महिना बित्यो, सुरु भएन पाटन विमानस्थलको कालोपत्रे

पाटन विमानस्थल कालोपत्रे गर्ने सम्झौताको म्याद सकिएको १६ महिना बिते पनि काम अझै सुरु भएको छैन। सम्झौतामा २०७५ असार मसान्तसम्म कालोपत्रे गरिसक्ने उल्लेख छ।  ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले निर्माण ठेक्का लिएको विमानस्थलमा कालोपत्रे काम…

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

ट्याक्टरबाट खस्दा चितवनमा एक जनाको मृत्यु भएको छ। नबलपुर गैंडाकोटका ५५ वर्षीय खागिराम राना मगरको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। भरतपुर महानगरपालिका २६ खयरघारिमा सिसैबाट खयरघारी तर्फ जाँदै गरेको ना ७ त ४७० न ट्याक्टरबाट अचानक खस्दा…

रसुवागढी नाकाबाट एक किलो सुनसहित दुई जना पक्राउ

चीनबाट अबैध रूपमा लुकाइ ल्याइएको एक केजि सुनसहित रसुवागढि नाकाबाट २ जना पक्राउ परेका छन्। रसुवागढी नाकाबाट पक्राउ परेका २ जनालाई सदरमुकाम ल्याइदैँ गरिएको र केहिबेरमा पत्रकार सम्मेलन गरिने रसुवा प्रहरीले जनाएको छ।

बेनीमा १२ जना जुवाडे प्रकाउ

 म्याग्दी : सदरमुकाम बेनीबाट तास खेल्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले १२ जना जुवाडे प्रकाउ गरेको छ। बेनीको पिपलचोक र मंगलाघाटका दुई घरबाट तास खेलिरहेको अवस्थामा प्रहरीको टोलीले १२ जना जुवाडेलाई प्रकाउ गरेको हो।…

कावासोतीमा ६ सय २३ जना अपाङ्गता भएका व्यक्ति

नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा ६ सय २३ जना अपाङ्गता भएका व्यक्ति फेला परेका छन् । कावासोती नगरपालिकाको अपाङ्गता परिचय पत्र वितरण समितिले ५ महिना लगाएर तथ्यांक संकलन गरेर यो संख्या पत्ता लगाएको हो । अपाङ्गता भएका व्यक्तिहरुलाई…

प्रहरी महानिरीक्षक धनगढी पुगेर फर्किए, निर्मला प्रकरणबारे अड्कलबाजी

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सुदूरपश्‍चिम प्रदेशको धनगढी पुगेर काठमाडौं फिर्ता भएका छन्। बिहीबार धनगढी पुगेका प्रहरी महानिरीक्षक खनाल २४ घण्टा बसेर फिर्ता भएका हुन्। उनी फर्किएलगत्तै को-कोसँग भेटे, के-के कुरा गरे भन्‍ने अड्कलबाजी…

कांग्रेस-कम्युनिस्ट असफल भइसके : कार्यवाहक अध्यक्ष तामाङ

राप्रपाका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङले नेपाललाई सनातन हिन्दू राष्ट्रको रुपमा पुनःस्थापना गर्न राप्रपाले मत पाउनुपर्ने जिकिर गरेका छन्। नेता तामाङले शनिबार प्रतिनिधिसभाअन्तर्गत कास्कीको क्षेत्र नं २ मा आयोजित चुनावी…

सिगास गाउँपालिकाका सबै वडा सचिवविहीन

सिगास गाउँपालिकाका नौवटै वडा सचिवविहीन छन् । वडामा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । सचिवविहीन रहेका वडामा प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए ।…

गाडीको ठक्करबाट पैदयात्रुको मृत्यु

कञ्चपुरको कृष्णपुर नगरपालिका २ बन्दा नदीनजिक गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ। गएराति पैदल हिँड्दै गरेका ३० वर्षीय रामबहादुर रोकायाको नम्बर नखुलेको गाडीको ठक्करबाट मृत्यु भएको हो। गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनलाई…