तेलको मूल्यमा अस्वाभाविक वृद्धि

उत्पादकले  भान्सामा प्रयोग हुने तेलको मूल्यमा अस्वाभाविक वृद्धि गरेको विषयलाई वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयहरूले सूक्ष्म अध्ययन थालेका छन् । अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भएको मूल्य  वृद्धिका कारण नेपालमा…

ढुंगा, गिट्टी, र बालुवा निर्यात खुला गर्ने निर्णय फिर्ता लिन माग

आर्थिक बर्ष २०७८/७९ को बजेटमार्फत तेस्रो मुलुकमा ढुंगा, गिट्टी, बालुवा निकासी खुला गर्ने सरकारको निर्णयप्रति जागरुक नागरिक समाजले आपत्ति जनाएको छ । तत्कालै निर्णय फिर्ता गर्न समाजले माग गरेको हो । ‘भारतमा गिट्टी, ढुंगा, बालुवाको निकासी…

बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमित मृत्यु

बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला छन् । कोरोना पुष्टि भएपछि जेठ १५  गते अस्पताल भर्ना भएका  गल्याङ ११ स्याङ्जाका  पुरुषको मृत्यु भएको  छ । ३२ बर्षका पुरुषको गएराती…

खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमाले झलनाथ खनाल– माधव नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बिहीबार र शुक्रबार केन्द्रीय सदस्यबाट आएको रायमाथि विमर्श गर्न मध्यान्ह १२ बजे भर्चुअल बैठक बस्ने भएको हो । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको नेपाल…

गैँडाकोटमा मकै खेती प्रवद्र्धन गर्न अनुदान

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवद्र्धनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ । गैँडाकोटमा मकै खेती प्रवद्र्धनका लागि नगरपालिकाले करिब ३६ लाख उपलब्ध गराउने भएको हो । पछिल्लो समय जिल्लाको…

सबै नेपालीलाई खोप सुनिश्चित : अर्थमन्त्री पौडेल

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड १९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन्। अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज…

कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने प्रक्षेपण, बालबालिका बढी प्रभावित हुन सक्ने

कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ । प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन…

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई घरपायकमै परीक्षा केन्द्रको व्यवस्था गर्दै

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन गर्ने भएको हो । कोरोना महामारीका…

३८ महिनामा प्रधानमन्त्री ओलीले १८ पटक मन्त्रिपरिषद् हेरफेर

स्थिर सरकारको प्रतिबद्धतासहित ३ फागुन ०७४ मा प्रधानमन्त्री बनेका केपी ओलीले तीन वर्ष दुई महिनामा १८ पटक मन्त्रिपरिषद् हेरफेर गरेका छन् । उनले प्रधानमन्त्री पदको सुरक्षालाई मात्र ध्यान दिएर मन्त्रिपरिषद् हेरफेर गरिरहेका छन् । ओली…

मौसम – देशभर आज आंशिक देखी सामान्य बदली हुने

देशभर आज आंशिक देखी सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन(चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै आज राती पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनुका साथै…