पाेखरा बस दुर्घटना : आमाछाेराकाे मृत्यु, २९ जना घाइते

पाेखरा । पोखराको एलपी देवकोटा मेमोरियल स्कुलको बस आज सोमबार दुर्घटनामा पर्दा घाइते भएकाहरुमध्ये २ जनाको निधन भएको छ । विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ वर्षे छोरा प्रिन्स उपचारका क्रममा चिकित्सकले मृत घोषणा…

त्रिशूलीमा हराएको भारतीय प्राविधिक टोलीको चुम्बक र ट्युब दुई दिनपछि भेटियो

त्रिशूली नदीमा हराएको भारतीय प्राविधिक टोलीको चुम्बक र ट्युब दुई दिनपछि भेटिएको छ । भारतीय टोलीको हराइरहेको १९ केजीको चुम्बक (म्याग्नेट) र लाइफ ब्वाई ट्युब काभ्रेघाटमा एक मोटरबोट चालकले फेला पारेका हुन् । भेटिएको चुम्बक…

नवलपरासीमा सुतिरहेकाे अवस्थामा एक युवककाे हत्या

रामकुमार श्रेष्ठ - नवलपरासी १४ साउन । पश्चिम नवलपरासीमा एक जना युवककाे गएराति सुतिरहेकै अवस्थामा घाँटी रेटी हत्या गरेकाे छ । नवलपरासीकाे पाल्हीनन्दन गाउँपालिका ५ हर्दी निवासी उमेश बढईको छोरा बर्ष २० को रोशन कुमार बढई भन्ने सुर्य…

पूर्वमन्त्री जोशीको मुद्दामा १२ वर्षपछि फैसला, ९ महिना कैद र ६९ लाख जरिवाना

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन्। न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई दोषी ठहर गरेको हो। यसअघि जोशीको तीन करोड ९३ लाख रुपैयाँभन्दा बढी…

खाना पकाउने ग्यास लिक हुँदा जलेर महिलाको मृत्यु

चितवनमा खाना पकाउने ग्यास लिक हुँदा जलेर महिलाको मृत्यु भएको छ। खैरहनी नगरपालिका ६ की ३१ वर्षीया चिनुमाया श्रेष्ठले खाना पकाउने क्रममा ग्यास लिक हुँदा उनको शरीर जलेको थियो। घाइते श्रेष्ठलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर…

भारतलाई हराउँदै श्रीलंका पहिलोपटक च्याम्पियन

भारतलाई आठ विकेटले हराउँदै श्रीलंका एसिसी महिला एसिया कपको च्याम्पियन बनेको छ। आइतबार घरेलु मैदानमा भएको फाइनलमा भारतलाई हराउँदै श्रीलंका पहिलोपटक उपाधि जित्न सफल भएको हो। सुरुवाती ब्याटिङ गरेको भारतले ६ विकेट गुमाउँदै एक सय ६६…

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। आइतबार डलर हालसम्मकै महँगो भएको छ। आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रूपैयाँ २७ पैसा तोकिएको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत बिहीबार डलरको भाउ…

आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली…

सिमलताल दुर्घटना : खोजीका लागि आएको भारतीय टोली आज फर्कँदै

सिमलताल पहिरोमा बगेका बस र यात्रुको खोज्न आएको भारतीय प्राविधिक टोली आज फर्कने भएको छ । भारतीय प्राविधिकहरूलाई आज बिदाइ गरिने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन् । भारतको 'राष्ट्रिय आपदा मोचन बल'…

गोरखाको धार्चेमा पहिरोमा परी ५ जना बेपत्ता, दुईको उद्धार

गोरखा — धार्चे गाउँपालिका–५ गुम्दास्थित रेसेफाँटमा पहिरोमा परी ५ जना बेपत्ता भएका छन् । एक पहिरोले कृषि फर्म र एक घर पनि बगाएको छ । कृषि फर्म सञ्चालक जितबहादुर गुरुङको तीन जनाको परिवारसहित पाँच जना बेपत्ता भएको छिमेकीले बताएका छन् ।…