नेपाल–भारत सीमा ७२ घण्टाका लागि सिल

नेपाल–भारत सीमा आज बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको छ । आइतबार हुने दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी आज बिहानैदेखि सीमामा सिल गरिएको प्रमुख जिल्ला…

भरतपुर महानगरको नीति : कृषि एम्बुलेन्स सञ्चालन, फोहोरको वर्गिकरण नगर्नेलाई जरिवाना

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ बजेट पेश गरेको छ । आगामी आवको लागि महानगरको नगरसभाको ११औँ अधिवेशनमा नगर उपप्रमुख चित्रसेन अधिकारीले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट…

कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पस अबदेखी क्युएए सर्टिफाईड

नवलपुरको कावासोती नगरपालिकामा रहेको जिल्लाकै पुरानो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्युएए प्राप्त गरेको छ । क्याम्पसले शुक्रबार  पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी गराएको छ ।…

गैँडाकोट बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता

गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ । गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९-८० को साउन महिनादेखि नै लागू हुनेगरी भत्ताको व्यवस्था गर्न लागेको हो । …

कावासोतीमा छात्र ,छात्रा दौड प्रतियोगिता सम्पन्न

कावासोती नगरपालिकाको शिक्षा शाखाको आयोजनामा दौड प्रतियोगिता भएको छ । नगरका कोपिला कार्यक्रम कार्यान्वयनका लागि आज १३ वर्ष भन्दा कम उमेर समूहका छात्र ,छात्रा बिच दौड प्रतियोगिता भएको हो । कावासोती १४ मा रहेको जनता मावि त्रिभुवनटारको खेल…

२ वर्षअघि साथीको हत्या गरेको आरोपमा युवक पक्राउ

काठमाडौंको गौशालामा दुई वर्षअघि साथीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–७ मैजुबहाल घर भएका विवेक मल्ल छन् । २५ वर्षीय मल्ललाई जिल्ला प्रहरी कार्यलय उदयपुरसँगको…

युवकलाई कुटेर हत्या गरेको आरोपमा नाबालिक एक सहित १३ पक्राउ

बारामा हत्या अभियोग लागेका १२ जनालाई जेल चलान गरिएको छ भने एक जना नाबालिगलाई सुधार गृह पठाइएको छ। प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दाका अभियुक्तहरूलाई कारागार चलान गरिएको हाे। एक जना भने नाबालिग भएकाले उनलाई सुधार गृह…

कावासोती १६ डण्डामा लागुऔषध सहित एक पक्राउ

पूर्वी नवलपरासीमा लागुऔषध सहित एक जना पक्र्राउ परेका छन् । नवलपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा उपमहानगरपालिका २९ बस्ने२९ वर्षिय मनविर परियार रहेका छन् । उनलाई कावासोती नगरपालिका वडा नं. १६…

नवलपरासीका मिटर ब्याजमा ऋण दिने दुई जना पक्राउ

पश्चिम नवलपरासी प्रहरीले मिटर ब्याजमा ऋण दिने दुई जना साहुलाई पक्राउ गरेको छ । जिल्लाका मिटर ब्याजपीडितहरु काठमाडौंमा गएर मर्कामा परेको भन्दै आन्दोलनमा उत्रिएपछि प्रहरीले प्रतापपुरका दुई जना मिटर ब्याजी साहुलाई पक्राउ गरेको हो ।…

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ

धनुषामा श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान् र ससुरा पक्राउ परेका छन्। शहिदनगर नगरपालिका– ८ नाथपट्टीकी बस्ने रामचन्द्र मण्डल खत्वेकी ३५ वर्षीया श्रीमती गौरी देवी मण्डलको घाँटी थिचेर हत्या भएको थियो। घटना पश्चात…