पूर्वपश्चिम राजमार्गको चोरमारामा बीच सडकमा मुल फुटेपछि सडक एकतर्फी

नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत चोरामाराको ओरालोमा बीच बाटोमै मुल फुटेपछि बाटो एकतर्फी भएको छ । सडक विस्तारको क्रममा सडक भत्काइएर ग्राभेल गरेको तर पिच हुन बाँकी रहेको उक्त स्थानमा बीच सडकमै पानीको मुल…

झ्याप्ले खोलामा खुल्यो दुईतर्फी सडक

धादिङको झ्याप्लेमा दुईतर्फी बाटो खुलेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आइतबार साढे सात बजेबाट यहाँ दुई तर्फी बाटो खुला भएको हो। धुनीबेशी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरोले चार वटा गाडी पुरेको थियो।…

बाढी, पहिरो र डुबानमा परी एक सय ७० जनाको मृत्यु, ४२ बेपत्ता

बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ७० जनाको मृत्यु भएको छ। त्यस्तै ती घटनामा परी ४२ जना बेपत्ता भएका छन्। एक सय ११ जना घाइते भएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले एक सूचनामार्फत दिएको जानकारी अनुसार बाढी,…

झ्याप्ले खोला पहिरोबाट थप १६ शव निकालियो, ३० जनाको शव निकालियाे (अपडेट)

धादिङको झ्याप्ले खोलाबाट अहिलेसम्म पहिरोले पुरिएका ३० जनाको शव निकालिएको छ। हिजो शनिबार १४ शव निकालिएकोमा आज दिउँसो १ बजेसम्म थप १६ वटा शव निकालिएको प्रहरीले जनाएको छ। चार महिला र १२ पुरुष गरी आज १६ वटा  शव निकालिएको हो। सबै शव…

झाप्लेखोला पहिरोमा पुरिएका १३ जनाको पहिचान खुल्यो

बुटवलबाट काठमाडौं जाँदै गर्दा धादिङको झ्याप्ले खोलामा पुरिएको विंंगर जिपमा सवार १३ जना मृतकको परिचय खुलेको छ। गत शुक्रबार बिहान बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिपमा सवार १४ जना यात्रु पहिरोमा पुरिएका थिए।…

नवलपुरमा पानीमा डुबेर २२ हजार कुखुरा मरे

नवलपुर । नवलपुरमा बाढीको पानीमा परेर २२ हजार कुखुरा मरेको छ । प्रहरी चौकी अरुणखोलाका अनुसार मध्यविन्दु १२ तमासपुरमा रहेको संस्कार ह्याचरी फार्ममा बाढी पस्दा २२ हजार बोइलर कुखुराहरु मरेका हुन् । कुखुरा मर्दा १ करोड ५० लाख बढीको क्षति…

कावासोतीका विद्यालय आज विदा

कावासोती । नवलपुर जिल्लाको कावासोतीका विद्यालय आज विदा गरिएको छ । कावासोती नगरपालिकाले सूचना जारी गरेर आज विद्यालय विदा गरिएको जनाएको हो । आज कावासोती भित्र रहेको सबै शैक्षिक संस्थामा विदा गरिएको र परीक्षा चलिरहेका सामुदायिक विद्यालयको…

गण्डक नहरमा १० बर्षीय बालक वेपत्ता

नवलपरासी । पश्चिम नवलपरासीमा गण्डक नहरमा १० बर्षीय बालक वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी रेशम बोहराका अनुसार आज साँझ साढे ५ बजेतिर गण्डक नहरमा नुहाउने क्रममा बालक वेपत्ता भएका हुन् । पश्चिम…

पानीले बर्दघाटमा ९ घर भत्कायो

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा बर्षाका कारण ९ घरमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बर्दघाट नगरपालिका २ बासखोलामा पानीले यहाँका ९ घरमा क्षति पुगेको हो । बर्दघाट न.पा.२ बासखोला बस्ने बर्ष अं.५० को…

नवलपुरमा म्याजिकको ठक्करबाट पैदलयात्रुको मृत्यु

नवलपुर । नवलपुरको गैडाकोटमा म्याजिक भ्यानको ठक्करबाट १ जना पैदल यात्री महिलाको निधन भएको छ । गैडाकोट ५ वैकुण्ठनगरको मनकामना ब्लक उद्योग नजिक भित्री सडक खण्डमा ना १ ज ३५५१ नम्बरको म्याजिक भ्यानको ठक्करबाट पैदल यात्री गैडाकोट ५ निवासी ७४…