विश्वशान्ती त्रिपीटक (कडग्युर) पाठवाचन कावासोतीको बरचुली गुम्बामा आजबाट शुरु

4 73







शालिकराम भट्टराई
नवलपुर , १ मंसिर

शास्वत धाम र बरचुली बौद्धको सम्बन्धलाई एक आपसमा जोडेर अगाडी बढन सकेमा यस क्षेत्र बौद्ध धर्मको आकषर्णको केन्द्रबिन्दु बन्न सक्ने सांसद तथा उद्योगपती बिनोद चौधरीले बताउनुभएको छ

विश्वशान्ती त्रिपीटक (कडग्युर) पाठवाचन कार्यक्रमको आज कावासोतीमा उदघाटन गदै चौधरीले यस्तो बताउनुभएको हो । उदघाटन समारोहमा बोल्दै उहाले बरचुली गुम्बाको भौतीक ंसंरचना स्तरोन्तीका लागी आफुले सक्दो सहयोग गर्ने प्रतीबद्धता समेत व्यक्त गर्नुभएको छ ।

समारोहमा प्रदेश सांसद बिण्णु लामीछाने, ओमकला गौतम लगाएतले बोल्दै बौद्ध धर्म र गुम्बाको बिकाशका लागी आफु सधै लागीपर्ने बताउनुभयो ।

विश्व शान्ती , मानव कल््याण संगै गुम्बाको स्तरोन्ती तथा भौतीक पुर्बाधार सुधार गर्ने , बौद्ध विहार स्थापना गरि बौद्ध भिक्षुको उत्पादन गर्ने र यस गुम्बालाई बौद्ध धर्मावलम्बीहरुको धार्मिक पर्यटकीय तिर्थस्थल बनाउने उदेश्य राखेर महापुजाको आयोजना गरिएको गुम्बाका अध्यक्ष गोपी गुरुडले बताए ।
तीन गते सर्वधर्म महामिलन कार्यक्रम राखिएको छ । जसमा नेपालमा रहेका सबै धर्मका धर्मगुरुहरुबाट प्रवचनको कार्यक्रम राखिएको छ । सो दिन बौद्र्ध धर्म , हिन्दु धर्म , ईस्लाम , ईसाई , सिख , जैन , साईराम , राधा स्वामी धर्मका धर्मगुरुहरुले प्रवभचन गर्नुहुने छ ।

त्रिपिटक बौद्ध धर्मको महान ग्रन्थ अन्तरगत पर्ने विनय पिटक,सुत्र पिटक र अभिधर्म पिटक भन्ने बुझाउने लामा गुरु ओम गुरुङ्गले बताए । त्रिपटक श्रवणबाट मन,वचन,कर्मले अज्ञानमा भएका कुकर्महरु शुद्ध हुने बिश्वास गरिन्छ ।
आजबाट शुरु भएको पाटवाचन ७ गतेसम्म जारी रहने जनाईएको छ ।

You might also like
Loading...