भुजेल गाथा (कविता)


कविः प्रितम भुजेल



गाउछु भुजेल गाथा
विरता शान्ति र सानको
लिनु छ बदला यहाँ फेरी
भुजेल अपमानको
प्राणभन्दा प्यारो लाग्छ
मेरो जात कता. कता
गौरवले फुल्छ छाती
देख्छु भुजेल जता जता
गाउछु भुजेल गाथा….।




भुजी निसीमा हेर
धर्ती बगेकै होला
मर्दैन यो भुजेल कहिल्यै
नरुक्छ त्यो भुजी खोला
सोचानु· भनेरै बा“च्छु
बा“च्दासम्म यो देशमा
वीरता झल्कने गर्छ
सदैव मेरै यी भेषमा
गाउ“छु भुजेल गाथा

जे भन्छ मनले मेरो
बढ्नुछ जुटेर सारा
भुसी निसी हो हाम्रो
स्वायत्त क्षेत्रको नारा
यही प्यारो भुजेली भाषा
छर्नेछु विश्व भरी
मृत्यू स्वीकार छु बरु
कोही नभुल्ने गरी
गाउछु भुजेली गाथा
वीरता शान्ति र सानको
लिनु छ बदला यहाँ फेरी
भुजेली अपमानको




सम्बन्धित
Loading...